• १ असोज २०८३, बिहीबार
  • ४ः२८ बिहान

छुट्ला है होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ माघ २६ गते, सोमबार ०९:०८

२६ माघ,२०८२ काठमाडौं – होटल फरेष्ट इनले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज कार्यालय समयभित्र मात्रै आवेदन दिन सक्नेछन्।

National Life

कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत बराबर ४० करोड रुपैयाँको आईपीओ निष्कासन गर्न अनुमति पाएको हो। निष्कासित सेयरमध्ये ४ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ८० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ।

बाँकी ३३ करोड ३० लाख रुपैयाँ बराबरको ३३ लाख २० हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा सर्वसाधारणका लागि खुला गरिएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

यस आईपीओको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ। आवेदन धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत दिन सकिने व्यवस्था गरिएको छ।

प्रतिकृया