• ४ साउन २०८३, सोमबार
  • १:०४ बिहान

लौकही गोलीकाण्डः सफारी चालकमाथि गोली चलाउने एपीएफ हवल्दार परे पक्राउ

प्रकाशित मिति

२०८२ पुष १८ गते, शुक्रबार ११:३३

१८ पुस,२०८२ काठमाडौं — सुनसरीको लौकहीमा सफारी चालकलाई गोली हानी हत्या गरेको आरोपमा सशस्त्र प्रहरी बल (एपीएफ) का एक हवल्दार पक्राउ परेका छन् । भारतीय बजारबाट सामान लिएर नेपाल फर्किंदै गरेका सफारी चालक विजय साहमाथि सशस्त्रले गोली चलाउँदा घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपाने संयोजकत्वमा डीएसपी चन्द्र खड्का र राष्ट्रिय अनुसन्धानका अधिकृत सदस्य रहेको समिति गठन गरिएको छ । गोली चलाउने हवल्दारलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी खड्काले जानकारी दिए ।

Kamana Sewa

घटनापछि लौकहीस्थित सशस्त्रको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत सबैलाई फिर्ता बोलाइएको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले छानबिन समितिलाई ७ दिनको म्याद दिइएको र प्रतिवेदन आएपछि आवश्यक कदम चालिने बताएका छन् ।

Classic Tech Desktop

प्रतिकृया