• ३ साउन २०८३, आइतबार
  • ३:२६ बेलुका

जेनजी आन्दोलनको क्षति: निर्जीवन बीमा कम्पनीले ५ अर्ब ४८ करोड दाबी भुक्तानी

प्रकाशित मिति

२०८२ पुष १८ गते, शुक्रबार १०:३०

१८ पुस,२०८२ काठमाडौं — जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा अन्य क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूले हालसम्म ५ अर्ब ४८ करोड २५ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।

बीमा प्राधिकरणका अनुसार आन्दोलनसँग सम्बन्धित ३ हजार ३१६ वटा बीमा दाबी परेको थियो । ती दाबीमध्ये करिब २३ अर्ब ४७ करोड रुपैयाँ बराबरको क्षति दाबी गरिएकोमा हालसम्म अग्रिम भुक्तानीसहित ५ अर्ब ४८ करोडभन्दा बढी रकम बीमितहरूलाई भुक्तानी भइसकेको छ ।

Kamana Sewa

१४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमार्फत सम्पत्ति बीमातर्फ ७१२ वटा दाबीमध्ये करिब १९ अर्ब ५ करोड रुपैयाँ दाबी रकममध्ये ३ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ भुक्तानी भएको छ । मोटर बीमातर्फ २ हजार ३२१ वटा दाबीमध्ये करिब ३ अर्ब ४६ करोड १६ लाख रुपैयाँमध्ये १ अर्ब ३९ करोड २५ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।

Classic Tech Desktop

त्यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२६ वटा दाबीमध्ये ५५ करोड ३९ लाख रुपैयाँमध्ये ८ करोड ३६ लाख रुपैयाँ, परिवहन बीमातर्फ १२ वटा दाबीमध्ये १ करोड ६९ लाख रुपैयाँमध्ये १ करोड ५५ लाख रुपैयाँ र अन्य बीमातर्फ ४५ वटा दाबीमध्ये ३८ करोड ४० लाख रुपैयाँमध्ये करिब ५ करोड रुपैयाँ अग्रिम भुक्तानीसहित भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिब ३ अर्ब २ करोड रुपैयाँ अग्रिम भुक्तानीसहित पुनर्बीमा दाबी भुक्तानी गरेको छ । नेपाल पुनर्बीमा कम्पनीमा १४ वटा निर्जीवन बीमा कम्पनीबाट कूल २ हजार ८६३ वटा पुनर्बीमा दाबी परेको र ती दाबीको कुल रकम करिब १६ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रतिकृया