• ५ साउन २०८३, मंगलबार
  • ४:४७ बेलुका

गरिमा विकास बैंकको वार्षिकोत्सवको अवसरमा देशभर विभिन्न कार्यक्रहरु आयोजना

प्रकाशित मिति

२०८२ मंसिर ८ गते, सोमबार १०:०३

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो उन्नाइसौं वार्षिकोत्सवको अवसरमा ८ स्थानमा वृहत रक्तदान कार्यक्रम र १९ स्थानमा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकले आज मंसिर ७ देशका विभिन्न स्थानमा उक्त कार्यक्रमहरु आयोजना गरि सम्पन्न गरेको हो । 

बैंकले सुनसरीको इटहरी, पर्साको वीरगञ्ज, चितवनको नारायणगढ, काठमाण्डौको बालुवाटार, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रमबाट कुल ६०२ युनिट रगत संकलन भएको छ । 

Kamana Sewa

बैंकले १९औं वार्षिकोत्सवको अवसरमा आज नै देशका विभिन्न १६ स्थानका विद्यालयहरुमा शैक्षिक सामाग्री, विद्यालय पोशाक, पानी फिल्टर मेसिन लगायतका सामग्री वितरण, श्री निस्कोट स्वास्थ्य चौकी, म्याग्दीलाई सरसफाई सामाग्री हस्तान्तरण, मातातिर्थ वृद्धाश्रम समिति, चन्द्रागिरी, काठमाडौंलाई खाद्यान्न सामाग्री हस्तान्तरण र सत्य साई राष्ट्रिय परिषद् नेपाल, चितवनलाई वाटर डिस्पेन्सर हस्तान्तरण समेत गरी १९ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सम्पन्न गरेको छ । 

Classic Tech Desktop

त्यसैगरी ‘स्वस्थ जीवनशैली का लागि खेलकुुद’ भन्ने नाराका साथ विकास बैंकले हिजो मिति २०८२ मंसिर ६ गते गरिमा रोड रेस अन्तर्गतको दोश्रो संस्करण गरिमा रोड रेस,२०८२ समेत सफलतापूर्वक सम्पन्न गरेको छ जसमा १,००० भन्दा बढी धावकहरुको सहभागिता रहेको थियो । 

बैंकले यस किसिमका सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरुलाई आगामी दिनमा समेत प्राथमिकतामा राखी निरन्तरता दिने तथा रोड रेस प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ ।

यस गरिमामय यात्रामा निरन्तर साथ दिने सेवाग्राही, सेयरधनी महानुभावहरु, नियमनकारी निकायहरु, सञ्चरकर्मी, कर्मचारी तथा शुभेच्छुकहरु प्रति बैंकले हार्दिक कृतज्ञता प्रकट गरेको छ ।

प्रतिकृया