• २० असोज २०८३, मंगलबार
  • ११ः०६ बिहान

विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएका डा. निकोलस भूसाल पक्राउ

प्रकाशित मिति

२०८२ कार्तिक १८ गते, मंगलवार ०२:३७

कात्तिक १८, २०८२ काठमाडौं— सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएका डा. निकोलस भूसाललाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखा नगरपालिका–८, सरस्वती आश्रमबाट मंगलबार पक्राउ गरेको हो।

National Life

प्रहरीका अनुसार भूसाल समाजलाई भड्काउने किसिमका अभिव्यक्ति दिँदै आएका थिए र उनी केही समयदेखि प्रहरीको निगरानीमा थिए। पक्राउ परेका भूसाललाई अधिक अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया