हितेन्द्रदेव शाक्यद्वारा दायर रिटको पेसी आज सर्वोच्चमा
प्रकाशित मिति
२०८२ कार्तिक १८ गते, मंगलवार ०९:१७
कात्तिक १८, २०८२ काठमाडौं— नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारको निर्णयविरुद्ध दायर गरेको रिटको आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ। शाक्यले आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट हटाउने सरकारले गरेको निर्णय गैरकानुनी भएको दाबी गर्दै गत सोमबार रिट दायर गरेका थिए। उक्त रिटमा आज (मङ्गलबार) सुनुवाइ हुने तय भएको हो।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत्र ११ गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत कुलमान घिसिङलाई विद्युत् प्राधिकरणबाट बर्खास्त गर्दै शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। तर जेनजी आन्दोलनपछि घिसिङ पुनः सरकारमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी लिएपछि असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणबाट हटाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्ने निर्णय गरेको थियो।
शाक्यमाथि ऊर्जा मन्त्री कुलमान घिसिङले प्रतिशोध स्वरूप प्राधिकरणबाट हटाएको आरोप लाग्दै आएको छ।








प्रतिकृया