प्रचण्ड, माधव र नारायणकाजी किन जुटे छलफल ?
प्रकाशित मिति
२०८२ कार्तिक १७ गते, सोमबार ०३:४४
कात्तिक १७, २०८२ काठमाडौं— पार्टी एकता गर्ने निर्णयपछि नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरू आज पुनः छलफलमा जुटेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एकता प्रक्रियालाई संस्थागत रूप दिने उद्देश्यले बैठक चलिरहेको छ।
उनीहरू नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, आलोकनगरमा छलफलमा जुटेका हुन्। नेताहरूका अनुसार पार्टी एकताको सहमतिपश्चात् त्यसलाई औपचारिक रूप दिन तथा आगामी संगठनात्मक संरचना र नेतृत्वको स्वरूपबारे आजको बैठकमा महत्त्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।
यसअघि हिजो मात्रै माओवादी केन्द्र र समाजवादीसहित आठ दलले पार्टी एकताको घोषणा गरेका थिए। एकीकृत दलले चुनाव चिन्हका रूपमा ‘तारा’ चयन गरेको भए पनि नयाँ पार्टीको नाम भने अझै घोषणा गरिएको छैन।








प्रतिकृया