निर्वाचन आयोगले हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’लाई दियो मान्यता
प्रकाशित मिति
२०८२ कार्तिक १६ गते, आईतवार ०३:३७
कात्तिक १६, २०८२ काठमाडौं— निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क राज साम्पाङले स्थापना गरेको ‘श्रम संस्कृति पार्टी’ लाई आधिकारिक मान्यता प्रदान गरेको छ। आज (आइतबार) आयोगमा आयोजित कार्यक्रममा मेयर साम्पाङ स्वयं उपस्थित भई पार्टीको मान्यता प्रमाणपत्र ग्रहण गरेका हुन्। आयोगले आवश्यक प्रक्रिया पूरा भएपछि उक्त पार्टीलाई दर्ता प्रमाणपत्र जारी गरेको हो।
साम्पाङले स्थानीय शासनमा जनसहभागिता, पारदर्शिता र श्रमप्रति सम्मानलाई प्राथमिकता दिने उद्देश्यसहित पार्टी गठन गरेका हुन्। पार्टीले श्रम, स्वावलम्बन र सामाजिक न्यायलाई केन्द्रमा राखी राजनीतिक विकल्पको रुपमा अघि बढ्ने बताइएको छ।
निर्वाचन आयोगका अनुसार अब ‘श्रम संस्कृति पार्टी’ले देशभर संगठन विस्तार गर्न पाउनेछ र आगामी निर्वाचनहरूमा सहभागी हुने वैधानिक अधिकार प्राप्त गरेको छ।








प्रतिकृया