• २० असोज २०८३, मंगलबार
  • ११ः०७ बिहान

शेयर बजारमा सुधारको संकेत, नेप्से २६३१.१४ बिन्दुमा

प्रकाशित मिति

२०८२ कार्तिक १६ गते, आईतवार ०३:२८

कात्तिक  १६, २०८२ काठमाडौं— नेपाल शेयर बजारमा पछिल्लो समय सुधारको संकेत देखिन थालेको छ। साताको पहिलो कारोबार दिन नेप्से ३०.७५ अंकले बढेर २६३१.१४ बिन्दुमा पुगेको छ।

National Life

आज ३१९ कम्पनीका २ करोड ९७ लाख ३८ हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। बजारमा १२ उपसूचक हरियो रहे, जसमा फाइनान्स समूह ५.१७ प्रतिशत र जीवन बीमा समूह ४.३५ प्रतिशत ले अगुवाइ गरे। वाणिज्य बैंक, विकास बैंक र होटल पर्यटन समूहमा पनि सामान्य वृद्धि देखिएको छ।

विशेषज्ञहरूका अनुसार ब्याजदरमा गिरावट, राष्ट्र बैंकका लचक नीतिहरू र लगानीकर्ताको मनोबलले बजार सुधारतर्फ उन्मुख भएको हो। यद्यपि राजनीतिक अनिश्चितताले अझै केही दबाब कायम रहेको विश्लेषण गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया