• २० असोज २०८३, मंगलबार
  • ११ः१० बिहान

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको २ अर्ब ६० करोड मुद्धति निक्षेपमा लगानी गर्ने

प्रकाशित मिति

२०८२ कार्तिक १६ गते, आईतवार ०४:०८

कात्तिक  १६, २०८२ काठमाडौं— नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब ६० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको मुद्धति निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूसँग ब्याजदरसहितको प्रस्ताव आह्वान गरेको छ।

National Life

सूचना अनुसार, उक्त लगानी ३६६ दिनका लागि (२०८२ मंसिर २४ देखि २०८३ मंसिर २४ सम्म) हुनेछ। कुल लगानी रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकका लागि सबैभन्दा धेरै २ अर्ब ८ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकका लागि ३९ करोड रुपैयाँ, र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीका लागि १३ करोड रुपैयाँ विनियोजन गरिएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गरी २०८२ कात्तिक १८ गते साँझ ७ बजेभित्र प्रस्ताव पेस गर्नुपर्नेछ।

राष्ट्र बैंकका अनुसार लगानी प्राप्त गर्न इच्छुक संस्थाले केही महत्त्वपूर्ण सर्तहरू पूरा गरेको हुनुपर्नेछ। तीमध्ये सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कुल कर्जाको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा ३ प्रतिशतभन्दा कम भएको, पछिल्लो आर्थिक वर्षमा खुद नाफा कमाएको, राष्ट्र बैंकको कारबाहीमा नपरेको र सर्वसाधारणका लागि सेयर जारी गरिसकेको हुनुपर्ने उल्लेख छ।

Classic Tech Mobile
Classic Tech Desktop

राष्ट्र बैंकले यो लगानीलाई कोषको सुरक्षित र लाभदायक व्यवस्थापनका लागि नियमित प्रक्रिया अन्तर्गत गरेको जनाएको छ।

प्रतिकृया