• २० असोज २०८३, मंगलबार
  • १२ः४४ दिउँसो

स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय

प्रकाशित मिति

२०८२ कार्तिक २ गते, आईतवार ०४:१९

कात्तिक २,२०८२ काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमा नवीकरण नगरेका बीमित परिवारहरूलाई लाग्ने अतिरिक्त शुल्क तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ। बोर्डको पछिल्लो निर्देशनअनुसार अर्को सूचना नआएसम्म नवीकरणमा अतिरिक्त शुल्क लिने व्यवस्था कार्यान्वयन नगर्न दर्ता सहयोगी तथा अधिकारीहरूलाई निर्देशन दिइएको छ।

National Life

बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार, हालको विकसित अवस्था र संरचना तयार गर्न थप समय लाग्ने भएकाले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न भनिएको हो। यससँगै लामो समयदेखि बीमा नवीकरण नगरेका नागरिकहरूलाई थप शुल्क तिर्नुपर्ने बाध्यता हटेको छ।

यसअघि, बीमा बोर्डले गत भदौ ११ गते सूचना जारी गर्दै नवीकरण नगरेमा १० देखि ४०० प्रतिशतसम्म अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था ल्याएको थियो। कार्यविधिअनुसार, नवीकरण म्याद कटेपछि तीन महिनाभित्र गर्दा १०%, छ महिनाभित्र ३०%, एक वर्षभित्र ५०%, एक वर्षपछि १००%, दुई वर्षपछि तीन गुणा र तीन वर्षपछि चार गुणा बढी शुल्क लाग्ने भनिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया