जेनजी ग्रुपलाई भोटेकोशी आयोजनाको १० प्रतिशत सेयर
प्रकाशित मिति
२०८२ आश्विन २७ गते, सोमबार ०९:२८
असोज २७ , २०८२ काठमाडौं– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा स्थानीयको ‘जेनजी आन्दोलन’पछि भोटेकोशी पावर कम्पनीले ४५ मेगावाटको अपर भोटेकोशी जलविद्युत् आयोजनाबाट १० प्रतिशत सेयर दिने सहमति जनाएको छ।जेनजी आन्दोलनको नाममा एउटा समूहले भोटेकोशी पावर कम्पनीलाई दबाब दिँदै भोटेकोशी जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर लिएको हो ।
‘भोटेकोशी जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेड’ नामक स्थानीय समूहले १० प्रतिशत सेयरको माग राखी एक महिनादेखि आयोजना बन्द गराएको थियो।

सम्झौता अनुसार, कम्पनीले पूर्व सहमतिअनुसारका ६ प्रतिशत सेयरमा थप ४ प्रतिशत गरी कुल १० प्रतिशत सेयर प्रभावित स्थानीयलाई दिनेछ। २० हजार सदस्यको कम्पनीमार्फत सेयर वितरण हुनेछ, जसको भुक्तानी डिभिडेन्ड र बोनसबाट गरिने बताइएको छ।

यसअघि स्थानीयले नि:शुल्क सेयर माग गरेका थिए, तर कम्पनीले शुल्कसहित मात्र दिने अडान लिएपछि आन्दोलन चर्किएको थियो। सम्झौतापत्रमा स्थानीय समूहका अध्यक्ष फुर्पा शेर्पा र कम्पनीका सचिव विश्वमोहन कर्माचार्यले हस्ताक्षर गरेका छन्।
हेर्नुहोस् सम्झौतापत्र:




प्रतिकृया