• २ असोज २०८३, शुक्रबार
  • ४ः५२ बेलुका

लामो समयदेखि थन्किएका आयोजना रद्द गर्ने कुलमान घिसिङको चेतावनी

प्रकाशित मिति

२०८२ आश्विन ४ गते, शनिबार ०९:२९

असोज ४, २०८२ काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले लामो समयदेखि अलपत्र पारिएका विकास आयोजनाहरूमा कडा कदम चाल्ने चेतावनी दिएका छन्। मन्त्री घिसिङले तीनवटै मन्त्रालयका सचिवहरू र विभागीय प्रमुखहरूलाई निर्देशन दिँदै, काम नगरेका ठेकदारहरूको आयोजनाको सूची तुरुन्त पेश गर्न भनेका छन्। उनले अबदेखि काम नगर्ने ठेकदारको अनुहार हेरेर आयोजना थन्क्याउने अभ्यास सह्य नहुने स्पष्ट पारेका छन्।

National Life

“तोकेको समय र गुणस्तरमा काम नसकिँदा मुलुकले ठूलो आर्थिक क्षति बेहोरिरहेको छ, नागरिकहरू विकासको लाभबाट वञ्चित भइरहेका छन्,” मन्त्री घिसिङले भने। उनका अनुसार अब जीर्ण ठेक्का तोडिनेछ र नयाँ प्रक्रिया अघि बढाइनेछ।

सुनकोशी–मरिण बहुउद्देश्यीय आयोजनाजस्ता राष्ट्रिय गौरवका आयोजनाहरू, साथै भौतिक पूर्वाधारतर्फ तीन सयभन्दा बढी सडक र एक सयभन्दा बढी पुल अलपत्र अवस्थामा छन्। यीमध्ये धेरै निर्माणहरू वर्षौंसम्म थन्किएको अवस्थामा छन्, जसले जनतामा असन्तोष बढाइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया