• २ असोज २०८३, शुक्रबार
  • ४ः२१ बेलुका

आज देशभर मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद मनाइँदै

प्रकाशित मिति

२०८२ जेष्ठ २४ गते, शनिबार ०९:१४

काठमाडौं । मुस्लिम समुदायको दोस्रो ठूलो धार्मिक पर्व ‘बकर ईद’ आज मुलुकभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ। इदुल फित्रपछि ७० दिनमा मनाइने यो पर्वलाई इदुल अजहा पनि भनिन्छ, जसमा धर्म, विश्वास, बलिदान र दानको भाव प्रकट गरिन्छ।

National Life

आज बिहानै मुस्लिम धर्मावलम्बीहरू स्नान गरी नजिकको मस्जिद वा इदगाह पुगेर सामूहिक नमाज पढ्ने परम्परा अनुसार देशभरका मस्जिदमा विशेष भीड देखिएको छ। दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायतका इदगाहहरूमा मुस्लिम समुदायको बाक्लो उपस्थिति देखिएको छ। नमाजपछि शुभकामना आदान–प्रदान र कुर्बानीको तयारीमा व्यस्त भएका छन्।

धार्मिक विश्वास अनुसार, इस्लाम धर्मका पैगम्बर इब्राहिमले आफ्नो प्रिय छोरालाई अल्लाहको आदेशमा कुर्बानी गर्न तयार भएको सम्झनामा यो पर्व मनाइन्छ। अल्लाहको आदेशको पालना गर्दै बलिदानको भावना प्रकट गर्न आजका दिन मुसलमानहरूले धर्मले स्वीकृत गरेका जनावरको कुर्बानी दिने गर्दछन्। त्यो मासु तीन भागमा बाँडिन्छ— एक भाग गरिबहरूलाई, एक इष्टमित्रलाई र एक भाग परिवार आफैँले खाने धार्मिक विधि रहिआएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया