• २ असोज २०८३, शुक्रबार
  • ७ः२० बेलुका

आज केही स्थानमा वर्षाको सम्भावना

प्रकाशित मिति

२०८२ जेष्ठ २४ गते, शनिबार ०८:५३

काठमाडौँ । हाल कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको पश्चिम तथा मध्य भू–भागमा भने पश्चिमी वायु र स्थानीय वायुले प्रभाव पारेको छ।

National Life

महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशका साथै देशका पहाडी भू–भागहरूमा आंशिकदेखि साधारण बदली रहेको छ भने बाँकी भू–भागहरूमा मौसम मुख्यतः सफा छ। कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा हाल मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी प्रदेशसहित पहाडी भू–भागहरूमा आंशिकदेखि साधारण बदली रहनेछ भने अन्य भू–भागहरूमा मुख्यतः सफा वा आंशिक बदली रहने मौसमविद्को भनाइ छ। कोशी प्रदेशका थोरै स्थानहरू तथा अन्य प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

Classic Tech Mobile
Classic Tech Desktop

आज राति पनि कोशी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भू–भागमा मौसम मुख्यतः सफा रहनेछ।


प्रतिकृया