• २ असोज २०८३, शुक्रबार
  • ७ः१९ बेलुका

अमेरिकाको भर्जिनियामा एकै नेपाली परिवारका ४ जना मृत फेला

प्रकाशित मिति

२०८२ जेष्ठ २४ गते, शनिबार ०९:२७

काठमाडौं ।अमेरिकाको भर्जिनिया राज्यको मनासस पार्कमा एकै नेपाली परिवारका चार सदस्य मृत फेला परेका छन्। उनीहरू घरभित्रै गोली लागेको अवस्थामा फेला परेका हुन्।

National Life

प्रहरीका अनुसार मृतकहरूमा ३८ वर्षीय सन्तोष परियार, उनकी ३६ वर्षीया पत्नी अञ्जु श्रेष्ठ, ८ वर्षीया छोरी र २ वर्षीय छोरा रहेका छन्।

घटना बिहीबार राति करिब १०:४५ बजे भएको बताइएको छ। तल्लो तलामा बस्दै आएका परिवारसँग सम्पर्क हुन छाडेपछि घरधनीले प्रहरीलाई जानकारी दिएका थिए। त्यसपछि प्रहरी घटनास्थल पुग्दा चारै जना मृत अवस्थामा फेला परेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरीले घटनास्थलबाट एकथान बन्दुक समेत बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले यो घटना हत्या गरी आत्महत्या गरिएको हुन सक्ने आशंका गरेको छ।

हालसम्मको अनुसन्धानबाट हेर्दा हत्या गरेर आत्महत्या गरिएको हुन सक्ने देखिएको प्रहरीले जनाएको छ। तर, कसले गोली चलायो भन्नेबारे प्रहरीले अहिलेसम्म आधिकारिक रूपमा पुष्टि गरिसकेको छैन।

छिमेकीहरूका अनुसार सन्तोष परियारको परिवार करिब ६ महिनाअघि मात्र उक्त घरमा भाडामा सरेको थियो र उनीहरू नेपाली मूलका थिए।

प्रतिकृया