एमबीबीएसको प्रवेश परीक्षा लिने बाटो खुला
प्रकाशित मिति
२०७६ भाद्र ३० गते, सोमबार १२:१४
काठमाडौँ, सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका चिकित्सा शिक्षा अध्ययन संस्थानको स्नातक तह (एमबीबीएस)को प्रवेश परीक्षा लिने कानुनी बाटो खोलिदिएको छ ।
सर्वोच्चले भदौ २० गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै प्रवेश परीक्षा भदौ २१ रोकेको थियो । दुवै पक्षको छलफलपछि आइतबार संयुक्त इजलासले यसअघिको अल्पकालीन आदेशलाई निरन्तरता नदिने आदेश गरेको हो ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको इजलासले यस्तो आदेश दिएको हो । सर्वोच्चले भनेको छ, ‘यस अदालतका एक न्यायाीशको इजलासबाट मिति २०७६/०५/२० मा जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्न परेन, अरू कानूनबमोजिम गर्नू,’
सर्वोच्चले हजारौं विद्यार्थी प्रवेश परीक्षामा सामेल हुन तयारीको अवस्थामा रहेको र विभिन्न शैक्षिक प्रतिष्ठानको शैक्षिक शत्रको कार्यतालिका नै प्रभावित हुने गरी अन्तरिम आदेश जारी गर्नु उपयुक्त नभएको ठहर गरेको छ ।






प्रतिकृया