• ८ असार २०८३, सोमबार
  • ३:५५ बेलुका

अपर मुस्ताङमा बाढीले चलचित्र ‘एक्लो’ को सेटमा क्षति, लाखौँको घाटा

प्रकाशित मिति

२०८१ आश्विन ९ गते, बुधबार ०२:२४

असोज ९ , २०८१ काठमाडौँ: चलचित्र ‘एक्लो’ को अपर मुस्ताङमा बनेको सेटलाई बाढीले क्षति पुर्याएको छ ।

गत महिना काठमाडौँमा शुभ मुहर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य छायाङ्कन गरेर निर्माण टिम छायांकनको लागी मुस्ताङ पुगेको थियो । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका लागि निर्माण पक्षले अपर मुस्ताङमा करिब ४० लाखको सेट तयार गरेर छायाङ्कन सुरु गरेको थियो । बाढीले सम्पूर्ण सेटमा क्षति पुर्याएको कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजले बताए। बाढीले सेट बगाउँदा निर्माण टिमलाई ठुलो आर्थिक घाटा भएको सुबेदीले बताए ।

Kamana Sewa

प्रदीप शाहीको निर्देशनमा निर्माण भई रहेको चलचित्रलाई बाबु श्रेष्ठले छायांकन गरिरहेका छन् । चलचित्रमा हलिउड कलाकार जेमी बेकम,प्रदीप खड्का, बेनिसा हमाल,विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डीसी, सुरज सिंह ठकुरी,एभन राज उप्रेती,कविता नेपाली, त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री , विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेभिन श्रेष्ठ र स्योन सविक सिङलगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहनेछ ।

Classic Tech Desktop

चलचित्र ‘एक्लो’ का निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, संगिता वादी श्रेष्ठ ,भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन्। बाबु श्रेष्ठको छायाङ्कन रहने यस चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा प्रेम खड्का र सुवराज कार्की रहेका छन् ।

प्रतिकृया