• ३१ भदौ २०८३, बुधबार
  • १०ः५५ राती

झापामा लोपोन्मुख मेचे भाषाको पठन पाठन

प्रकाशित मिति

२०७६ भाद्र १७ गते, मंगलवार ०९:२५

भद्रपुर, (झापा) स् नेपालमै पहिलो पटक झापा जिल्लाको हल्दीबारीमा लोपोन्मुख मेचे भाषामा पठनपाठन सुरु भएको छ। तराईका जिल्लाहरूमा फाटफुट रूपमा बसोबास गर्दै आइरहेका मेचे जातिको बाहुल्यता झापा जिल्ला नै हो। हल्दीबारीको जलथल र मेचीनगरको धाइजना मेचे जातिको बाक्लो बसोबास छ। हल्दीबारी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७६र०७७ को बजेट, नीति तथा कार्यक्रममै लोपोन्मुख मेचे जातीको भाषा, धर्म र संस्कृति जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम ल्याएको हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले जानकारी दिनुभयो ।

National Life

मेचे जातीको नीति कार्यक्रमलाई अघि सार्दै गाउँपालिका ४ स्थित दीपेन्द्र प्राथमिक विद्यालयमा मेचे भाषाको पठनपाठन सुरु गरेको हो। एक महिनाअघिदेखि नै विद्यालयमा मेचे भाषामा पठनपाठन सुरु भएको र तीन दिनअघि गाउँपालिकाले किताब उपल्बध गराएको विद्यालयका प्रधानाध्यापक दीर्घराज आचार्यले जानकारी दिनुभयो ।

प्रतिकृया