• ३१ भदौ २०८३, बुधबार
  • ११ः५४ राती

ज्येष्ठ नागरिक भन्छन्,हाम्रा माग कहिले पुरा हुन्छन् ?

प्रकाशित मिति

२०७६ भाद्र १७ गते, मंगलवार ०९:५५

भक्तपुर । ज्येष्ठ नागरिकहरुले हालसम्मका सरकारले आफ्ना माग पुरा गर्ने सम्बन्धमा खोक्रो आश्वासन दिएको तर माछा माछा भ्यागुतोको अबस्थामा पुर्याएको बताएका छन् ।सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र भक्तपुर र महानगरीय प्रहरी बृत्त थिमीले आयोजना गरेको ज्येष्ठ नागरिकहरुको सुरक्षा तथा उनीहरु बिरुद्ध हुने अपराध नियन्त्रण सम्बन्धि सरोकारवालासँगको छलफल कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् ।

National Life

अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुलीले ज्येष्ठ नागरिकहरुले सरकारबाट सम्मान खोजेको र यो सरकारले ज्येष्ठ नागरिकका माग सम्बोधन गर्छ भन्ने आशा सुरुमा गरिए पनि अपेक्षा अनुसार माग पुरा हुन नसकेको बताउनुभयो । उहाँले फेरि पनि ज्येष्ठ नागरिकको माग सम्बोधन गराउनका लागि सडकमा बसेर आन्दोलन गर्न र चिच्याउनु पर्ने परम्पराको अन्त्य हुने आशा गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

ज्येष्ठ नागरिक समाजका अध्यक्ष मोहन केसीले ज्येष्ठ नागरिक समाजका अगुवा र अनुभवका खानी भएकाले उहाँहरुको भावना अनुसार सरकारलाई काम गर्न सचेत गराउनुभयो ।कौशलटार निवासी ७६ बार्षिय शिवराम खड्का भन्नुहुन्छ,हालसम्मका धेरै सरकारहरुले हाम्रा माग पुरा गर्छु भनेर आश्वासन दिए पनि कुनै पनि सरकारले माग पुरा नगरेको केवल माछो,माछो भ्यागुतो भने जस्तो अबस्थामा ज्येष्ठ नागरिकलाई पुर्याएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै बृद्धा प्रभा लम्सालले सरकारले नारा मात्रै दिएको तर ज्येष्ठ नागरिकको हितमा खासै काम नगरेको बताउनुभयो ।उहाँले भन्नुभयो,सरकारले छोराछोरीको आम्दानीबाट कटाएर बाबुआमालाई दिने भनेको छ तर आम्दानी नै नहुने र उल्टै बिरामी भएर थला परेका र छोराछोरी नै नहुनेका बाबुआमालेचाँही के गर्ने ?


बृद्धा बालकुमारी न्यौपानेले राष्ट्रपति बिद्या भण्डारी एकल महिला भएर कुर्सीमा पुगे पनि उहाँले एकल महिलाका लागि खै के गर्नुभयो भनी प्रश्न गर्नुभयो ।कार्यक्रममा गोमा तिवारी,तुलसादेवी पराजुली,मोहनकुमार पौड्याल लगायतका ज्येष्ठ नगारिक तथा समाजसेवी तथा समाजका सल्लाहकार गोबिन्द निरौला लगायतले सडकमा बसेर आफ्नो अधिकारको लागि संघर्ष गर्नुपर्ने परम्पराको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

अग्रज समाज नेपालले ज्येष्ठ नागरिकका हक अधिकार लागि गत ७ वर्षदेखि सडक संघर्ष गर्दै आएको र अहिले पनि छलफल ,बहस पैरवीमा रहेको जनाएको छ ।अग्रज समाज नेपालले ज्येष्ठ नागरिक मैत्री नीति ल्याउनुपर्ने ,ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता मासिक पाँच हजार रुपियाँ हुनुपर्ने, औषधोपचार निःशूूल्क हुनुपर्ने, छोरा छोरीले बाआमालाई घरैमा सम्मानका साथ पालेर राख्नुपर्ने र उड्ने र गुड्ने सवारी साधनमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडामा छुट घोषणामा होईन ब्यबहारमै सहज रुपमा कार्यान्वय हुनुपर्ने,६५ बर्षमै ज्येष्ठ नागरिकको सुबिधा पाउनु पर्ने माग राख्दै आएको छ ।

उक्त माग मध्ये आंशिक माग पूरा भए पनि सबै मागहरु पूरा हुनुपर्ने बताउँदै अग्रज समाजका सहअध्यक्ष नयन्द्र खड्काले सरकारले ज्येष्ठ नागरिकका माग सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, महानगरीय प्रहरी बृत्त थिमीका प्रमुख डिएसपी शान्तिराज कोईराला,केन्द्रका अध्यक्ष सुरेन्द्र बोगटी,नागरिक अस्पतालका संचालक नवीन श्रेष्ठ, लगायतले शाारीरिक कमजोरीले समेत ज्येष्ठ नागरिक असहज अबस्थामा हुने हुँदा उनीहरुका जायज माग सम्बोधनका लागि सरोकारवा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिकृया