• ९ असोज २०८३, शुक्रबार
  • ४ः२८ बेलुका

क्यानलाई पत्र लेख्दै सन्दीपले भने, ‘न्याय नपाउँदासम्म राष्ट्रिय टिमबाट अलग रहन्छु’

प्रकाशित मिति

२०८० पुष २६ गते, बिहीबार १०:०२

पुस २६, २०८० काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट अलग भएको घोषणा गरेका छन्। बलात्कार मुद्दामा दोषी ठहर भएपछि राष्ट्रिय टिमका लेग स्पिनर लामिछानेले नेपाल क्रिकेट संघ ‘क्यान’ लाई पत्र लेख्दै आफू न्याय नपाएसम्म राष्ट्रिय टिमबाट अलग भएको जानकारी गराएका हुन्।

National Life

उनले अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई सम्बोधन गर्दै आफू राष्ट्रिय टिमबाट अलग भएको जानकारी गराएका हुन्। उनले पत्रमा आफू निर्दोष रहेको जिकिर गर्दै अब न्याय नपाउँदासम्म राष्ट्रिय टिमबाट अलग रहेको बताए। उनले आफू जिन्दगीकै कठिन समयबाट गुज्रिरहेको भन्दै दुई पेज लामो पत्र क्यानलाई लेख्दै क्यानले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट अलग भएको जनाएका छन्।

आर्थिक रुपम समेत आफू कमजोर अवस्थामा रहेको भन्दै आफ्नो भुक्तानी समेत गर्दिनका लागि क्यानसँग आग्रह गरेका छन्। साथै उनले पत्रमा क्रिकेट टिमले नेपाली क्रिकेट समर्थकको भावनालाई सम्मान गर्दै निरन्तर उत्कृष्ट नतिजा दिलाउने विश्वास समेत लिएका छन्। उनले पत्रमा लेखेका छन् ‘हाम्रो राष्ट्रिय टोलीमा क्षमतावान खेलाडीहरू हुनुहुन्छ। विश्वास छ उहाँहरूले मेरो अभाव टिममा हुन दिनु हुने छैन्।’ सन्दीपले अगाडि थपे ‘म भविष्यमा कहाँ हुन्छु थाहा छैन्। तर म क्रिकेटको नजिक रहने छु, मेरो देश र राष्ट्रका लागि निरन्तर जित अनि फेरी जित र जितले नयाँ इतिहास बन्ने छ।’

Classic Tech Mobile
Classic Tech Desktop

गत १३ पुसमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिर राज ढकालको इजलासले बलात्कार मुद्दामा दोषी ठहर गर्दै लामिछानेलाई बुधबारका लागि सजायको पेसी तोकेका थिए। न्यायाधीश ढकालको इजलासले बुधबार ८ वर्षको जेल सजाय तोक्दै लामिछानेलाई ३ लाख जरिवाना र २ लाख क्षतिपुर्ति भराउन आदेश दिएको थियो।

जिल्ला अदालतको आदेशको पूर्णपाठ आएसँगै सन्दीप लामिछाने पुनरावेदनका लागि पाटन उच्च अदालत जाने उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिएका छन्। घिमिरेले पनि सन्दीप लामिछाने राष्ट्रिय टिमबाट अलग हुने बताए। उनले भने ‘स्वभाविक रुपमा सन्दीप लामिछानेले अदालतको आदेशको सम्मान गर्दै राष्ट्रिय टिमबाट अलग हुने निर्णय गरेका छन्।’

घिमिरेले सन्दीप लामिछाने निर्दोष रहेको भन्दै अदालतबाटै सफाइ पाएर पुन खेलमा फर्किने विश्वास आफूहरूलाई रहेको बताए।

यस्ताे छ सन्दीपले लेखेकाे चिठी:

प्रतिकृया