• ९ असोज २०८३, शुक्रबार
  • ५ः२७ बेलुका

वन्डर्स नेपालले आईपीओ जारी गर्ने

प्रकाशित मिति

२०८० पुष २६ गते, बिहीबार ०९:४६

पुस २६, २०८० काठमाडौँ: काठमाडौंको कमलादीस्थितमा रहेको वन्डर्स नेपालले आईपीओ जारी गर्ने भएको छ । पुस २५ गते सम्पन्न कम्पनीको छैटौं वार्षिक साधारण सभाले कम्पनीलाई पब्लिक लिमिटेडमा परिवर्तन गरि आईपीओ जारी गर्ने प्रस्तावलाई सर्वसम्मत पारित गरेको हो ।

National Life

कम्पनीकै रजिष्टर्ड कार्यालय स्काईवाक नेपाल कमलादी परिसरमा सम्पन्न उक्त सभाले आर्थिक वर्ष ०७९/८० को वित्तीय विवरण पारित गरेको छ । सभाले आगामी योजनाहरु समेत पारित गर्ने संञ्चालमा आएका र तयार हुदै गरेका परियोजनाहरुका बारेमा पनि गहन समिक्षा गरेको छ ।

वन्डर्स नेपालका प्रमुख कार्यकारी अधिकृत नविन भण्डारीका अनुसार असार १५ गते देखी टावर संञ्चालनमा आएको र पुस २४ गते सम्ममा करिब ७६ हजार व्यक्तिले टाबर चढेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया