• 4:04 pm

पूर्व डीआइजी तथा मदन पुरस्कार विजेता महेशबिक्रम शाहलाई तीन वर्ष जेल

प्रकाशित मिति

२०८० पुष २६ गते, बिहीबार १०:४१

पुस २६, २०८० काठमाडौँ: क्षेत्रीय तालिम प्रहरी कार्यालयमा प्रमुख रहेका बेला भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्व डीआइजी तथा मदन पुरस्कार विजेता साहित्यकार महेशविक्रम शाहलाई तीन वर्ष जेल सजाय भएको छ ।

विशेष अदालतले बुधबार शाहलाई कैद सजाय निर्धारण गरेको हो। रकम हिनामिना गरेको अभियोगमा तत्कालीन डीआइजी शाहसहित दुई जना दोषी ठहर भएका थिए ।

शाहलाई बिगो र बिगो बमोजिम जरिवाना पनि भएको छ। उनीबिरुद्ध १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो ।

प्रतिकृया