• ४ साउन २०८३, सोमबार
  • १:२८ बिहान

चाँगुनारायण नगरपालिकाद्वारा वडास्तरीय विपद् व्यवस्थापन समितिलार्ई आधारभूत खोज तथा उद्धार सामग्री वितरण

प्रकाशित मिति

२०८० मंसिर १५ गते, शुक्रबार ०२:१९

मंसिर १५, २०८० काठमाडौँ: चाँगुनारायण नगरपालिकाले नगर क्षेत्र भित्र हुनसक्ने सम्भावित विपद्हरुलाई मध्येनजर गर्दै स्थानीयस्तरमै स्वयंसेवकहरु परिचालन गरी तत्काल प्रतिकार्य गर्नको लागि आवश्यक आधारभूत खोज तथा उद्धारका सामग्रीहरु प्रत्येक वडामा भण्डारणको व्यवस्था मिलाएको छ ।

चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले आज एक कार्यक्रमका बीच वडाहरुलाई उक्त सामग्रीहरु हस्तान्तरण गर्नुभयो । उहाँले विपद् व्यवस्थापन शाखा मार्फत चाँगुनारायण नगरपालिका अन्तर्गतका समुदायहरुलाई विपद् उत्थानशील बनाउने तर्फ नगरपालिका लागि परेको बताउनुभयो । नगर प्रमुख खत्रीका अनुसार चाँगुनारायण नगरपालिकालाई विपद् उत्थानशील नगरपालिका बनाउने हेतुले एक समुदाय एक प्रथम उद्धारकर्ता टोली तयार गर्न यसै आर्थिक वर्षमा नगरपालिकाले वडास्तरमा द्रुत प्रतिकार्य टोली गठन एवं प्रशिक्षण संचालन गर्न गइरहेको छ । विपद्बाट हुनसक्ने जनधनको क्षतिलाई न्यूनीकरण गरी नगरबासीलाई सुरक्षित बनाउनको लागि नगरपालिकाले प्राथमिकताका साथ विपद् व्यवस्थापनका कार्यक्रम तथा गतिविधिहरुलाई अगाडी बढाउदै आएकोछ ।

Kamana Sewa

यस अघि आइसेट नेपालका कार्यकारी निर्देशक कंचनमणि दिक्षितले खोज उद्धार सामग्रीको सेट नगरपालिकालाई हस्तान्तरण गर्नुभएको थियो । सामग्री हस्तान्तरण कार्यक्रममा आफ्ना मन्तब्य राख्नु हुदै आइसेट नेपालका कार्यकारी निर्देशक कन्चनमणि दिक्षितले नेक्सस परियोजना मार्फत चाँगुननारायण नगरपालिकासंग विपद् व्यवस्थापनको क्षेत्रमा सहकार्य गर्न पाएकोमा नगरपालिका प्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

Classic Tech Desktop

वडाहरुमा भण्डारणका लागि हस्तान्तरण गरीएको आधारभूत खोज तथा उद्धार सामग्रीहरुमा टिनको बाकस, सावेल, पिक, हम्मर, हँसिया, कोदालो, छिना, क्रोबार, गल, बाल्टिन, हेल्मेट, कैँची, करौती, प्राथमिक उपचार बाकस, स्ट्रेचर, काम्रो, सिठी, डोरी, हेड ल्याम्प, मेगाफोन, बुट, पंजा, मास्क, निप्याड, चस्मा र हाल्फ भेष्ट रहेको छ ।
सामग्री हस्तान्तरण कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुरामणि पन्थी, वडा अध्यक्षहरु क्रमशः सिजन कार्की, सोम प्रधान, जयन्द्र खड्का, धनबहादुर लामा, श्यामकृष्ण नयाँजु श्रेष्ठ, जनक खत्री, गणेश त्यात, कार्यपालिका सदस्यहरु निर्मला के.सी, जीवन परियार, शिक्षा शाखा प्रमुख बीर बहादुर खड्का, महिला तथा सामाजिक विकास शाखा प्रमुख नीला कुमारी घिमिरे, विपद् सम्पर्क व्यक्ति अनुप लामिछाने, योजना शाखा प्रमुख विश्वजीत होना, शाखा अधिकृत सुरज पौडेल, विपद् विज्ञ दिनेश थापा, परामर्शदाता राजकुमार लम्साल, आइसेटका कार्यक्रम व्यवस्थापक केशब मलाशी, फिल्ड अधिकृत भरत ढुंगाना लगायत नगरपालिकाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिकृया