• २१ जेठ २०८३, बिहीबार
  • ८:५६ बिहान

चीनका राजदुतद्वारा पोखराका लागि सीजीमोटर्स शोरुम उद्घाटन साथै पहिलो इभि ट्याक्सी र माइक्रोबस हस्तान्तरण

प्रकाशित मिति

२०८० असार ११ गते, सोमबार १२:१६

११ असार २०८०, काठमाडौँ: पोखराको आर्चलबोट चोकमा सीजी मोटर्सको (नेटा ) शोरुम शुभारम्भ भएको छ । नेपालका लागि चीनका राजदुत चेन सङ लगायत अन्य ब्यक्तित्वहरुले एक समारोहका बिच उक्त शोरुमको उद्घाटन गरेका थिए ।उद्घाटनको अवसरमा नेपालका लागि राजदुत चेन सङले नेपाल तथा चिनको अटुट मैत्री सम्बन्धमा जोड दिँदै सीजी मोटर्सलाई सफलताको शुभकामना ब्यक्त गरे ।


उद्घाटन समारोहमा सीजी मोटर्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालका साथै अन्य पदाधिकारीहरुकोसमेत उपस्थिति थियो । राजदुत चेन सङले नेपालमा डिजल तथा पेट्रोल गाडीलाई विस्थापित गर्दै सार्वजनिक यातायातमा इभि गाडीको फाईदा धेरै नै रहेको ब्यक्त गरे ।

Kamana Sewa

नेपालमा ग्रीन इेनर्जीको सम्भावना अध्ययन गर्न र आत्मनिर्भतातिर जान चीनले शाहयोग गर्ने बताए । नेपाल सरकारसँगको सहकार्यमा प्रमुख राजमार्ग तथा ठुला शहरहरुमा चर्जिङ स्टेशनको बिकास गर्ने बताए । सर्वजनिक यातायातमा इे भि गाडीलाई नै पहिलो प्राथमिकतामा राख्नु पर्छ भन्ने धारणा ब्यक्त गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

Classic Tech Desktop

सीजी मोटर्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालका अनुसार अब पोखरावासीलेसमेत सहज रुपमा नेटा भी को अनुभव गरी खरिद गर्न सक्ने बताए ।


नेपालमा बजारको माग अनुसार राम्रो र गुणस्तरीय गाडीहरु बिक्री बितरण गर्ने योजन छ । इे भि ट्याक्सी र माईक्रोबसको सफल शुभरम्भका साथै काठमाडौं पोखरा रुटको लागि ११ देखि १९ सिटरसम्मका माईक्रो बसहरु उपलब्ध हुनेछन । उक्त कार्यकरममा पोखराका लागि पहिलो इभि ट्याक्सी साथै, पहिलो बिद्युतिय माईक्रो बसको चीनका राजदुत चेन सङले हस्तान्तरण गरे । अब पोखरा शहरमा बिद्युतिय गाडीको प्रयोगका लागि सुझाव दिए । पियोर इभी प्लाटफर्ममा बनेको नेटा भी ले फुल चार्जमा ३८० किमी को दुरी पार गर्न सक्ने सीजी मोटर्सले बाताएकोे छ ।


१७० एम एम ग्राउण्ड क्लियरेन्स रहेको नेटा भी नेपालको बाटोहरुका लागि पनि उपयुक्त रहेको कुरा सीजी मोटर्सका एक कर्मचारीले बताए । किसिमको ग्राउण्ड क्लीयरेन्स तथा यसको डिजाइनले नेटा भी लाई एयरोडाइनामिक्स दिन्छ जसले यसको गति र सन्तुलन कायम राख्छ । नेटा भी गाडि भित्र प्रदुषणरहित बनाउन एन ९५ हेपा फिल्टरको प्रयोग भएको छ जसले बाहिरको प्रदुषणका साथै भित्र गाडीको हावाको पनि प्रदुषण फिल्टर गर्ने गर्छ ।


नेटा भी मा विश्वको ठुलो ब्याट्रि निर्माण कम्पनी सिएटिएल ब्याट्रिको प्रयोग भएको छ । सीजी मोटर्सले नेटा भी का साथै इभी माइक्रोबस केवाइसी तथा किङलङका मोडलहरु समेत बिक्री गर्दै आएको छ र उक्त मोडलहरु पोखरा शोरुममा समेत उपलब्ध हुनेछन् ।


साथै गण्डकी प्रदेशमा इभि ट्याक्सी र बिद्युतिय माईक्रो बसका लागि सीजी मोटर्स प्रा लिले अधिकारिक बिक्रेता का रुपमा विश्वकर्मा अटो मोटर्सलाई नियुक्त गरेको छ ।

प्रतिकृया