• ८ भदौ २०८३, मंगलबार
  • ११:०७ बिहान

महालक्ष्मीकर्पोरेट क्रिकेट लिग २०२३ सम्पन्न, विजेता प्राइम कमर्सियल बैंक

प्रकाशित मिति

२०८० जेष्ठ २६ गते, शुक्रबार ०९:४३

२६ जेठ २०८०, काठमाडौँ : महालक्ष्मी विकास बैंकले महालक्ष्मीकर्पोरेट क्रिकेट लिग २०२३ का विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । यहि जेठ २० गते शनिबार देखि २२ गते सोमबार (तिनदिन) सम्म इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने माछापुच्छे् बैंकले द्वितिय स्थान हासिल गर्न सफल भएको छ । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टिमले सहभागिता जनाएका थिए ।


नेपाल राष्ट्र बैंकका डेपुटीगर्भनर श्री बम बहादुर मिश्रको प्रमुखआतिथ्यतामाबुधबार काठमाडौंमा आयोजित कर्यक्रममा विजेता प्राइम कमर्सियल बैंक, द्वितिय माछापुच्छ्रे बैंक, उत्कृष्टफिल्डर एनआईसी एसिया बैंकका सञ्जय गिरी, उत्कृष्टविकेट – किपर एनआईसी एसिया बैंकका रितेश अधिकारी, उत्कृष्ट बलर कामना सेवा विकास बैंकका छितेन दोर्जे शेर्पा, उत्कृष्ट ब्याट्सम्यान कामना सेवाविकास बैंकका शमिर थापा क्षेत्री, उत्कृष्ट खेलाडी प्राइम कमर्सियल बैंकका क्रितार्थ शाक्य लगायत ३१ खेलमा उत्कृष्ट खेल प्रर्दश नगर्ने खेलाडीहरुलाई म्यानअफदिम्याचको ट्रफी प्रदान गरिएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्री बम बहादुर मिश्र रमहालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष श्री राजेश उपाध्यायले संयुक्त रुपमा ट्रफी तथा मेडल प्रदान गर्नु भएको थियो ।

Kamana Sewa

उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्री बम बहादुर मिश्रले यस क्रिकेट लिग लगायत अन्य सामुहिक खेलले बैंक तथावित्तीय संस्थाहरु बिच भाइचारा, आत्मियता, सद्धभाव, मित्रता बढाउन थप सहयोग पुग्नुका साथै कर्मचारीहरुलाई बैंकिङ गतिविधिमा मात्रै सिमित नराखि उनिहरुलाई मनोञ्जन प्रदानगर्न र उत्पादनशीलतामा वृद्धिगर्न मद्दत पुग्ने बताउनु भयो । कार्यक्रममा बोल्दै महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष श्री राजेश उपाध्यायले खेलमाहार र जित स्वभाविक प्रक्रिया रहेको र यस्ता खेलहरुले कर्मचारीहरुमा समुह निर्माणगर्न, समुहमा नेतृत्वदायी भुमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पु¥याउने हुदा समयसमयमा यस्ता गतिविधि सञ्चाल नगर्नु जरुरी रहेको बताउनु भयो ।

Classic Tech Desktop

२९ औँ वर्षमाप्रवेश गरेको सुखदअवसरमा बैंकले आदरणीय ग्राहक महानुभाव, शेयरधनी, नियमनकारी निकायहरुलाई कृतज्ञता जाहेर गरेको छ । यस २८ वर्षको दौरानमा प्राप्त सहयोग प्रति बैंक आभारी रहेको कुरा बैंकले जनाएको छ । आदरणीय ग्राहक वर्ग, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्ग निर्देशनको लागि यस बेंकले कृतज्ञता व्यक्त गर्नुका साथसाथै ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिकृया