• २० असार २०८३, शनिबार
  • ७:०४ बेलुका

कतारमा एक नेपालीको मृत्यु

प्रकाशित मिति

२०७६ श्रावण २८ गते, मंगलवार ०३:००

काठमाडौं, कतारमा एकजना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा साँगुरीगढी गाउँपालिका–३, धनकुटाका ललितबहादुर लिम्बू रहेका छन् ।

वैदेशिक रोजगारीका क्रममा विगत १३ वर्षदेखि कतारमा कार्यरत लिम्बूको पौडी खेल्ने क्रममा समुद्रको छालमा परेर मृत्यु भएको हो ।

Kamana Sewa

कतारमा धनकुटा सेवा समाजको पूर्वअध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकार रहेका लिम्बू अन्य विभिन्न सामाजिक संस्थामा पनि सक्रिय थिए । उनको शव चाँडै नै नेपाल ल्याउन दूतावाससँग समन्वय भइरहेको धनकुटा समाजका महासचिव रवीन मगरले जानकारी दिएका छन् ।

Classic Tech Desktop

प्रतिकृया