• ५ असोज २०८३, सोमबार
  • ११ः५६ राती

जनतालाई अपमान र राष्ट्रलाई कमजोर बनाउने अधिकार कसैलाई छैन : सांसद संग्रौला

प्रकाशित मिति

२०७६ श्रावण २८ गते, मंगलवार ०३:२९

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डिला संग्रौला (पन्त)ले जनतालाई अपमान र राष्ट्रलाई कमजोर बनाउने अधिकार कसैलाई नभएको बताउनु भएको छ । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद संग्रौलाले सत्ता पक्षका नेताहरुले प्रजातान्त्रिक आन्दोलनको अपमान गरिरहेको आरोप लगाउँदै बताउनु भएको हो ।

National Life

उहाँले भन्नुभयो, ‘अपमानको नेतृत्व वर्तमान सरकारका नेताहरुले गरिरहेका छन् । यो भन्दा ठूलो चुनौती प्रजातन्त्रका लागि के हुन सक्छ ? प्रजातान्त्रिक आन्दोलनको अपमान, जनतालाई अपमान, राष्ट्रलाई कमजोर बनाउने अधिकार कसैलाई हुँदैन । २००७ सालको आन्दोलनले जनतालाई रैतीबाट नागरिक बनायो । २०४६ सालको आन्दोलनले राजालाई खोरभित्र राख्यो । ०६२–०६३ सालको आन्दोलनले राजालाई विदा गरी सिंहदरबारको अधिकार गाउँमा पुर्यायो’ भन्दै संग्रौलाले परिवर्तनका लागि बगाएको रगतको सत्ता पक्षीय नेताहरुले अपमान गर्न नहुने बताउनु भयो ।

प्रतिकृया