• २६ जेठ २०८३, मंगलबार
  • २:१६ बिहान

वैशाख २० गते देखि मृतुकुंड नाटक प्रस्तुत

प्रकाशित मिति

२०८० बैशाख २६ गते, मंगलवार ०३:३४

२६ वैशाख २०८०, काठमाडौँ : ‘मृत्यु कुण्ड’ नाटक आफ्ना सन्तानलाई मुग्लान पठाउन बाध्य हुनेहरूको कथा हो। वैदेशिक रोजगारीकै सिलसिलामा मानिसहरूले ज्यान गुमाउनुपर्ने तीतो यथार्थलाई नाटकमा देखाउन खोजेका छन्
नाटककार रविन दोङले।


‘मृत्यु कुण्ड’ले समस्या मात्र देखाएको छैन, ‘आफ्नै भविष्य बनाउन यहीँ रगत–पसिना बगाउनुपर्ने यो ऊर्जाशील युवा नै विदेश जान किन बाध्य छ’ भन्ने कारण समेत देखाएको छैन। युवालाई कुराले विदेश धकेल्दैछ? किन भविष्य किन देख्न सकेका छैनन्? यिनलाई आस जगाउनुपर्ने समाजको अगुवा वर्ग कहाँ बरालिएको छ? राजनीतिक चरित्र कस्तो छ सबै डेढघन्टाको नाटकमा चित्रण गरिएको छ।

Kamana Sewa

बहुसङ्ख्यक युवा नेपालमै कर्म गर्न छोडेर किन यो पलायनको बाटो रोजे होलान्? यो प्रश्न जति पेचिलो छ उत्तर भने उत्तिकै सरल तरिकाबाट नाटकले दिन्छ। युवालाई रोजगारी र आम्दानीको भरोसा दिलाउन सकेकै छैन। जागिरमा पनि आफ्नो मान्छे हुनुपर्छ। यसो हुनुमा, दोष खास गरी राजनीतिलाई दिइएको छ। बिचौलियालाई देखाइएको छ। उनीहरूको मनोमानी र उत्पीडनबाट थकित युवा अन्ततः ‘मृत्यु कुण्ड’मा होमिन बाध्य देखाइएको छ। रविन दोङले निर्देशित नाटकको कथाले भन्छ, समाजमा जसरी अहिले नेताहरूको लुछाचुँडी, जालझेल, ठगी र अत्याचार चलिरहेको छ।

Classic Tech Desktop

यसलाई स्विकार्न युवा पुस्तालाई सकस छ । अन्ततः लुटतन्त्रले दिक्क भएका युवाले पलायने (मृत्यु कुण्डको)बाटो रोज्न मजबुर छन्। गाउँघरदेखि सहरसम्म, कार्यालयदेखि पसलसम्म हैकम र मनोमानीको पीडा भोग्दै युवाहरू देश छाड्न बाध्य भएका आरोह–अवरोह नै नाटकको मूल कथा हो। यही उकाली–ओरालीमा हुने द्वन्द्वसँगै नाटक अगाडि बढेको छ। समग्रमा ‘मृत्यु कुण्ड’ हेर्ने जति सबैलाई एक पटक सोच्न बाध्य बनाउँछ।


नाटकमा केही कमजोरी पनि छन्। सेटमा खासै मेहनत गरेको आभास हुँदैन। तैपनि ती दृश्यसँगको नाटकका पात्रको ‘एट्याचमेन्ट’ बुझ्नलाई दर्शकलाई पर्याप्त नै छ। नाटकमा विशाल महर्जन, अजय बान्तवा राई, सबिना तामाङ, विवेक घिमिरे, राजु खतिवडा, शिशिर भट्टराई, शालु रौनियार, उदिप सिवाकोटी र सानुमाया तामाङ मुख्य भूमिकामा छन्। उनीहरूले कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका छन्।


त्यसैगरी निस्वम थापा मगर, बिटी महर, गोबिन्द टिआर, हेमन्त लामिछाने, वसन्त पोखरेल, वीरेन्द्रसिंह कुशवाह, ओसन कार्की, एचबि मगर, एलिसा न्यौपाने, शेखर ओजस र श्याम कार्कीको दर्शकलाई लोभ्याउने अभिनय तारिफयोग्य छ। नाटक प्रमोद बाबुले निर्माण गरेका हुन्। २० वैशाख बुधबारबाट मञ्चन थालिएको नाटक १५ जेठ (बजेट घोषणाका दिन)सम्म साँझ सवा ५ बजे मञ्चन हुनेछ। शनिबार र बुधबार भने दिउँसो १ बजे पनि मञ्चन हुनेछ। बिहीबार भने मञ्चन हुनेछैन।

प्रतिकृया