• २५ जेठ २०८३, सोमबार
  • ७:३३ बेलुका

सांसद शर्माले बजेटबारे अर्थमन्त्रीलाई दिए सुझाव

प्रकाशित मिति

२०८० बैशाख २६ गते, मंगलवार ०२:४५

२६ वैशाख २०८०, काठमाडौँ : सांसद विश्वप्रकाश शर्माले शर्माले बजेट निर्माण गर्दै गरेका अर्थमन्त्रीलाई ९ वटा सुझाव दिएका छन् । उनले अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०र८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलका क्रममा मुलुकको अर्थतन्त्रको विकासका लागि नीतिगत साझा दृष्टिकोण तयार गर्नुपर्ने सुझाव दिए।


शर्माले आगामी आर्थिक वर्षको बजेटमा लहडका आयोजनाहरु नसमेट्नेदेखि बेरुजुको समस्या हल गर्नेसम्मको सुझाव अर्थमन्त्रीलाई दिएका हुन् ।

Kamana Sewa

यस्ता छन् शर्माका सुझावहरु:

Classic Tech Desktop
  • राष्ट्र बैंकको समन्वयनमा मौद्रिक नीतिमार्फत बैंक र व्यवसायीबीच तनावपूर्ण ब्याजदरको समस्या हल गर्नुपर्ने
  • आन्तरिक र बाह्य ऋणको डेफ्ट ट्यापमा पर्न नदिई मितव्ययी ढंगले बजेटको निर्माण गरिनुपर्ने
  • अनुत्पादक र फजुल खर्चको क्षेत्रको पहिचान गरेर खर्च कटौती गर्नुपर्ने/लहडका भरमा कुनैपनि परियोजना अघि सार्न नहुने
  • बजेटको आकार घटाएर भन्दा पुँजीगत खर्च गर्न सकिने गरी कानुन नीति तथा रणनीति बनाउनुपर्ने
  • व्यापार घाटा क्रमशः न्यूनीकरण गर्दै जान विद्युतको उत्पादन, खपत र निर्यातलाई प्राथमिकता दिनुपर्ने
  • खाद्यान्नमा आत्मनिर्भर हुन प्रेरित गर्ने गरी युवालाई कृषि उत्पादनमा जोड्न योजना ल्याउनुपर्ने
  • बेरुजु चुवावट नियन्त्रण र भ्रष्टाचारमा कडाई
  • निजी क्षेत्रको समन्वयनमा तत्काल कार्यान्वयन गर्नुपर्ने खारेज, सुधार वा नयाँ कार्यान्वयन गर्नुपर्ने, करिब दुई दर्जन ऐनहरुको ओम्निबस आर्थिक प्याकेजहरु ल्याउने गृहकार्य शुरु गर्नुपर्ने
  • सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन अध्ययन गरी उपादेयता नदेखिएका सार्वजनिक संस्थान र विभागहरुको खारेजी प्रक्रिया अघि बढाउनुपर्ने

प्रतिकृया