• २३ भदौ २०८३, मंगलबार
  • ६ः२३ बेलुका

मन्त्रालय संख्या घटेपछि सचिवहरूमा ठूलो हेरफेर

प्रकाशित मिति

२०८३ जेष्ठ २५ गते, सोमबार ०५:२७

२५ जेठ २०८३ काठमाडौं – सरकारले मन्त्रालयको संरचना पुनःसंयोजन गर्दै २२ बाट १८ मन्त्रालय कायम गरेसँगै सचिवहरूको ठूलो संख्यामा सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। सरकारले स्वीकृत गरेको नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ अनुसार मन्त्रालयहरूको संख्या घटेपछि सचिवहरूको दरबन्दी मिलान गर्दै कुल २३ जना सचिवको पदस्थापन तथा जिम्मेवारी परिवर्तन गरिएको हो।

National Life

यसअघि दुई सचिवको दरबन्दी रहेका विभिन्न मन्त्रालयमा अब एक–एक सचिव मात्र रहने व्यवस्था गरिएको छ।

नयाँ निर्णयअनुसार सचिव भुपाल बराललाई गण्डकी प्रदेशमा, चन्द्रकला पौडेललाई उपराष्ट्रपति कार्यालयमा, प्रमिलादेवी बज्राचार्यलाई विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालयमा, दिनानाथ मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्रमा, चीरञ्जीवी चटौतलाई नेपाल ट्रष्टको कार्यालयमा र सरजुकुमार वैद्यलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि अर्थ, ऊर्जा, जलस्रोत तथा सिँचाइ, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसङ्ख्या तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुई–दुई जना सचिव कार्यरत रहेका थिए।

सरकारले छ जना सचिवलाई अतिरिक्त समूहमा समेत राखेको छ। अतिरिक्त समूहमा लोकनाथ पौडेल, कृष्णहरि पुष्कर, हरिप्रसाद मैनाली, डा. गोविन्दप्रसाद शर्मा, डिल्लीराम शर्मा र निलम्बित अवस्थामा रहेका डण्डुराज घिमिरे रहेका छन्।

सरकारका अनुसार डा. गोविन्दप्रसाद शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वय गर्ने विशेष जिम्मेवारीसहित अतिरिक्त समूहमा राखिएको छ।

यस्तै अतिरिक्त समूहका एक सचिवलाई सूचना प्रविधि (आईटी) समन्वय हेर्ने गरी नयाँ जिम्मेवारी दिने तयारी भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रतिकृया