• २५ जेठ २०८३, सोमबार
  • ६:१२ बेलुका

हिमालयन बैंकले खेल प्रयोजनका लागि सहयोग गर्यो संकटा क्लबलाई दश लाख

प्रकाशित मिति

२०८० बैशाख २६ गते, मंगलवार ०२:२०

२६ वैशाख २०८०, काठमाडौँ : हिमालयन बैंक लिमिटेडले शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी रहेको न्यूरोड स्थित संकटा क्लबलाई रुपैयाँ दश लाख प्रदान गरेको छ । बैंकले सो रकम खेलाडीहरुको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न उक्त क्लबलाई मद्दत स्वरुप प्रदान गरेको हो ।


बैंकका तर्फबाट बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले सो रकम संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलाई हस्तान्तरण गरेका हुन् ।

Kamana Sewa

कार्यक्रममा बैंक र क्लबका वरिष्ठ पदाधिकारीहरु तथा प्रतिनिधिहरुको उपस्थिति रहेका थियो । बैंकले विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । आगामी दिनमा पनि यस्तै कार्यक्रमहरुको आयोजना गर्ने बैंकले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया