• २७ भदौ २०८३, शनिबार
  • १०ः२७ राती

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने तयारीमा एमाले

प्रकाशित मिति

२०८३ जेष्ठ २२ गते, शुक्रबार ०२:४५

२२ जेठ २०८३ काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोग को प्रतिवेदनविरुद्ध अदालत जाने तयारी गरेको छ।एमाले महासचिव शङ्कर पोखरेल ले शुक्रबार जारी गरेको विज्ञप्तिमा आयोगको प्रतिवेदनलाई पूर्वाग्रही, बदनियतपूर्ण र षड्यन्त्रमूलक भन्दै आपत्ति जनाएका छन्।

National Life

एमालेले अदालत जानुअघि प्रतिवेदन पुनरावलोकन गर्न आयोगसमक्ष आग्रह गर्ने जनाएको छ। साथै आवश्यक परे आयोगमा आपत्ति दर्ता गर्ने, न्यायिक पुनरावलोकनका लागि अदालत जाने तथा उपलब्ध सबै कानुनी विकल्प प्रयोग गर्ने रणनीति अपनाइने विज्ञप्तिमा उल्लेख छ।

पार्टीले विधिको शासन, संविधान र लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणलाई केन्द्रमा राखेर आगामी कदम चालिने पनि जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया