• २५ भदौ २०८३, बिहीबार
  • २ः२० राती

रवि लामिछानेको सर्वदलीय बैठकलाई महेश बस्नेतको समर्थन

प्रकाशित मिति

२०८३ जेष्ठ २५ गते, सोमबार १०:३०

२५ जेठ २०८३ काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेत ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले बोलाएको सर्वदलीय बैठकलाई सकारात्मक पहलको रूपमा टिप्पणी गरेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै सचिव बस्नेतले वर्तमान राजनीतिक परिस्थितिमा दलहरूबीच संवाद, सहकार्य र सहमति अपरिहार्य बनेको बताएका हुन्।

National Life

उनले सरकार जनअपेक्षाविपरीत र जनविरोधी ढंगले अघि बढिरहेको आरोप लगाउँदै प्रधानमन्त्रीका अभिव्यक्ति र व्यवहारमाथि निरन्तर प्रश्न उठिरहेको उल्लेख गरेका छन्।

“सरकार जनअपेक्षाविपरीत र जनविरोधी ढंगले अघि बढिरहेको, प्रधानमन्त्रीका अभिव्यक्ति र व्यवहारमाथि निरन्तर प्रश्न उठिरहेको तथा परिपक्व नेतृत्वभन्दा बालापन झल्किने शैली देखिएको अवस्थामा राजनीतिक दलहरूबीच संवाद, सहकार्य र सहमति अझ आवश्यक बनेको छ,” बस्नेतले फेसबुकमा लेखेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

उनको अभिव्यक्तिलाई रास्वपा सभापति लामिछानेको पहलप्रति समर्थनका रूपमा हेरिएको छ। पछिल्लो समय सरकारको कार्यशैली, संसद्को प्रभावकारिता र समसामयिक राजनीतिक विषयमा दलहरूबीच संवादको आवश्यकता बढिरहेका बेला बस्नेतको प्रतिक्रिया सार्वजनिक भएको हो।

प्रतिकृया