• ९ असोज २०८३, शुक्रबार
  • ४ः३१ बेलुका

नेपालको खराब सुरुवात

प्रकाशित मिति

२०८० बैशाख १४ गते, बिहीबार १०:४७

१४ वैशाख २०८०, काठमाडौँ : एसिसी प्रिमियर कपअन्तर्गत नेपालले समूह ‘ए’ को अन्तिम खेलमा कतारविरुद्ध खराब ब्याटिङ गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले १७.१ ओभरमा सुरुवाती पाँच विकेट गुमाइसकेको छ।

National Life

नेपालले चार ओभर चल्दै गर्दा दुई विकेट गुमाएको थियो। ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा २ रनमा आउट भए भने भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ रनमा आउट भए।


नेपालका सुरुवाती दुवै विकेट कतारका गयान मुनवीराले लिए। ओपनिङ ब्याट्सम्यान आसिफ शेख १९ रन बनाएर १२.४ ओभरमा आउट भए। कप्तान रोहितकुमार पौडेल चौथो विकेटको रुपमा २७ रन बनाएर आउट भए। उनले ३६ बलमा २ चौका प्रहार गरे। १५.३ ‌ओभरमा रोहित आउट हुँदा नेपालले ४ विकेटको क्षतिमा ६२ रन बनाएको स्थिति थियो।

Classic Tech Mobile
Classic Tech Desktop

कुशल मल्ल पाँचौ विकेटको रुपमा १७.१ ओभरमा आउट भए। उनले ३ रन मात्र जोड्न सके। त्यतिबेला नेपालले ५ विकेटको क्षतिमा ६९ रन जोडेको स्थिति थियो। बलिङमा कतारका मुनवीरा र ओवाइस अहमेदले २-२ विकेट लिएका छन्। नेपालका लागि अहिले सोमपाल कामी र आरिफ शेख ब्याटिङ गरिरहेका छन्।

प्रतिकृया