चेल्सीको लगातार पाँचौँ खेलमा हार
प्रकाशित मिति
२०८० बैशाख १४ गते, बिहीबार १०:५०

१४ वैशाख २०८०, काठमाडौँ: इंग्लिस क्लब चेल्सीका लागि जारी सिजन बिर्सनलायक रह्यो। अज पछिल्ला खेलमा लगातार हारको यात्रा जारी छ । चेल्सी पाँचौँ खेलमा पराजित हुने क्रममा इंग्लिस प्रिमियर लिग अन्तर्गत ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो ।
अन्तरिम प्रशिक्षक फ्रान्क लाम्पार्डले क्लब समालेयता जित निकाल्न सकेका छैनन्। चेल्सीले मार्च ११ यता जितविहीन रहेको छ । ३ अप्रिलमा ४४ वर्षीय लाम्पार्डलाई नियुक्त गरेयता हरेक खेल हारसँगै अन्त एका छन्। जसमा ३ प्रिमियर लिगका खेल हुँदा २ च्याम्पियन्स लिगका भिडन्त हुन्। त्यसोत जितमात्र होइन लाम्पार्डको नेतृत्वमा चेल्सीले विपक्षी पोस्टमा १ मात्र गोल गर्न सकेको छ ।
बुधबार ब्रेन्टफोर्डले स्टाम्फोर्डब्रजिमा अग्रता बनाउने क्रममा ३७ औ मिनेटमा आत्माघाती गोल उपहार पाएको थियो। उसका लागि म्याथिस जोर्गेन्सको फ्लिक चेल्सीका सेसर अपिलिकुएटाको पाखुरामा लाग्दै जाली चुमेको थियो ।
चेल्सीले भने सिमित अवसर पाएपनि गोल गर्न सकेन ब्रेन्ट फोर्डका लागि दोस्रो गोल बार्यन एमबेउमोले ७८ औँ मिनेटमा गरेका थिए । जितसँगै ब्रेन्टफोर्डको ४७ अङक सहित नवौँ स्थानमा रहेको छ। चेल्सी भने ३२ खेलबाट ३९ अङ्कका साथ ११ औ स्थानमा रहेको छ ।
प्रिमियर लिगका अन्य खेलमा लिभरपुलले वेस्टह्यामलाई २-१ ले पराजित गर्दा नोटिङघम फरेस्टले ब्राइटनलाई २-१ ले पराजित गर्यो ।
प्रतिकृया