• ९ असोज २०८३, शुक्रबार
  • ६ः३८ बेलुका

महालक्ष्मी विकास बैंकद्वारा स्कुल ब्याग वितरण

प्रकाशित मिति

२०८० बैशाख १४ गते, बिहीबार १०:३९

१४ वैशाख २०८०, काठमाडौँ: महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जुनकिरी पब्लिक विद्यालय साँखुमा अध्ययनरत विद्यार्थीहरूका लागि विद्यालय झोला वितरण गरेको छ ।

National Life

बैंकले विगत ३३ वर्षदेखि शिक्षाको पहुँचबाट पिछडिएका करिब दुई लाख बालबालिकाहरूको लागि नेपालभर ५८ विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको राउन्ड टेबल नेपालद्वारा करिब एक हजार विद्यार्थीहरूका लागि प्रदान गर्न लागेको छात्रवृत्ति कार्यक्रमसँग सहकार्य गर्दै विद्यालय झोला सहयोग गरेको हो ।


उक्त कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगर, शंखरापुर नगरपालिकाका मेयर रमेश नापित, विद्यालयका शिक्षक तथा विद्यार्थीहरू, राउन्ड टेबल नेपालका पदाधिकारीहरू र बैंकका तर्फबाट बजार निक्षेपिकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख वसन्त बक्सी तथा बाग्मती प्रदेश ‘क’ का प्रादेशिक प्रबन्धक प्रकाश घिमिरेको उपस्थिति रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया