• ३ साउन २०८३, आइतबार
  • ५:३९ बेलुका

उपनिर्वाचनका लागि मतदाता शिक्षा स्वयंसेवक तालिम

प्रकाशित मिति

२०७९ चैत्र २९ गते, बुधबार ०२:०४

२९ चैत्र २०७९, काठमाडौँ: आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले तीन वटै निर्वाचन क्षेत्रमा मतदाता शिक्षा स्वयंसेवक तालिम सञ्चालन गरेको छ । बारा निर्वाचन क्षेत्र नं. २, तनहुँ निर्वाचन क्षेत्र नं. १ र चितवन निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रभित्र पर्ने स्थानीय तहमा प्रति वडा दुई जना मतदाता शिक्षा स्वयंसेवक तयार गर्ने गरी यही चैत २७ र २८ गते तालिम सञ्चालन भएको हो ।


तालिमको उद्घाटन तनहुँ निर्वाचन क्षेत्र नं. १ मा निर्वाचन आयुक्त डा.जानकी कुमारी तुलाधर, चितवन निर्वाचन क्षेत्र नं. २ मा आयोगका सचिव गोकर्णमणि दुवाडी र बारा निर्वाचन क्षेत्र नं. २ मा उपसचिव सूर्यप्रसाद अर्यालले गर्नुभएको थियो । निर्वाचन हुने एक साता अघिदेखि सातदिनसम्म मतदाता शिक्षा स्वयंसेवकले मतदातालाई सहीरूपमा मत सङ्केत गर्ने तरिकाबारे जानकारी दिनेछन् ।

Kamana Sewa

तनहुँ जिल्लामा रहेका सुरक्षा निकायसँग उपनिर्वाचनको तयारी एवं सुरक्षा व्यवस्था बारे छलफल गर्नुहुँदै निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर । मतदान स्थलको निरीक्षण पछि सामूहिक तस्बिर खिचाउँदै निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर ।

Classic Tech Desktop

प्रतिकृया