• ३ साउन २०८३, आइतबार
  • ३:५४ बेलुका

ज्ञानेन्द्र शाही भन्छन्, वास्तविक मिटरब्याजी सरकार आफैँ हो

प्रकाशित मिति

२०७९ चैत्र २९ गते, बुधबार ०२:२९

२९ चैत्र २०७९, काठमाडौँ: प्रतिनिधि सभामा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले वास्तविक मिटरब्याजी सरकार आफैँ भएको आरोप लगाएका छन् । उनले जुम्लालगायतका माथिल्लो कर्णालीका निर्माण व्यवसायीको बजेट बैंकमा राखेर सरकारले चर्को ब्याज खाइरहेको उल्लेख गर्दै तत्काल त्यसको निकासा गर्न पनि माग गरेका हुन् ।


‘सरकार भन्छ( मिटरब्याजी पीडितको समस्या समाधान भयो । जुम्लालगायत माथिल्लो कर्णालीका निर्माण व्यवसायीहरु झुण्डिन तयार छन् । सरकारले मिटरब्याजीहरुलाई कारबाही गर्छु भन्छ तर, वास्तविक मिटरब्याजी यो सरकार हो,’ उनले भने, ‘सरकारले अहिले फिक्स डिपोजिटमा २ खर्ब ११ अर्ब रुपैयाँ फिक्स डिपोजिट गरेको छ । झण्डै सरकार बचत आज निर्माण व्यवसायी वा अन्यलाई रकम नदिएर ३ खर्ब ६२ अर्ब ७७ करोड रुपैयाँ सरकारी खातामा राखेर आज ब्याज खाइरहेको छ । अहिले पनि सरकारले ८ दशमलव ५ प्रतिशत ब्याज सरकारी रकम राखेर आज दिइरहेको छ । र, अहिले झण्डै सय जनाभन्दा बढी मान्छेहरु अहिले बेलैमा बैंकको ब्याज तिर्न नसकेर आज मृत्युवरण गरिराख्नु परेको छ ।’

Kamana Sewa

उनले सो बजेट रोक्का गर्नुको कारणबारे एक हप्ताभित्र संसदमा जवाफ दिन सरकारसँग माग गरे । उनले सरकारले जवाफ नदिए आफ्नो पार्टीले सदन नै अवरुद्ध पार्ने चेतावनी दिए । प्रमुख सचेतक शाहीले बैंकमा पैसा राखेर विकास, निर्माणको काम ठप्प पार्ने काम नगर्न पनि सरकारलाई पटक-पटक सचेत गराए ।

Classic Tech Desktop

प्रतिकृया