• २२ भदौ २०८३, सोमबार
  • २ः५६ राती

बक्यौता रकम नलिई स्मार्ट टेलिकमको नवीकरण गर्न लागेको भन्दै एमालेको आपत्ति

प्रकाशित मिति

२०७९ चैत्र २९ गते, बुधबार ०२:५२

२९ चैत्र २०७९, काठमाडौँ: नेकपा (एमाले) सरकारले अरबौंको बक्यौता रकम समेत नलिई स्मार्ट टेलिकम प्रालिको नवीकरण गर्न लागेको भन्दै आपत्ति जनाएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले नवकिरण गर्दाखेरी लाग्ने करिब २३ अर्ब रुपैयाँ समेत नलिई सो प्रालिको नवीकरण गर्नका लागि १/२ दिन भित्रै मन्त्रीपरिषद्ले निर्णय गर्न लागेको आशंका गर्दै आपत्ति जनाएका हुन् ।

National Life

उनले सो काममा ठूलै आर्थिक चलखेल भएको हुन सक्ने जिकिर गर्दै त्यसो नगर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।प्रमुख सचेतक गिरीका अनुसार सो प्रालिले सरकारलाई विभिन्न शीर्षक अन्तरगत करिब ५ अर्ब दस्तुर तिर्न बाँकी छ । नवीकरण शुल्क २३ अर्ब गरेर उसले २८ अर्ब सरकारलाई बुझाउनु पर्ने हुन्छ । तर त्यो दुवै रकम मिनाहा गरी सो प्रालिलाई नवीकरण गराउनका लागि मन्त्रीपरिषद्ले निर्णय गर्ने कुरा सञ्चार माध्यममा आएकाले सरकारको ध्यानाकर्षण गराएको गरीको भनाई थियो ।


प्रमुख सचेतक गिरीले मन्त्री र मन्त्री क्वार्टर ध्याउने र ठूलै आर्थिक चलखेल गरेर सो प्रालिको नवीकरण गर्ने निर्णय गर्न लागेर सरकारले मुलुकको करिब २८ अर्ब बजेट डुबाउन नपाउने बताए ।

Classic Tech Desktop

प्रतिकृया