• २२ भदौ २०८३, सोमबार
  • २ः५६ राती

नेपाल टेलिकमले ल्यायो ‘नयाँ वर्ष २०८०’अफर, यस्ता छन् अफर

प्रकाशित मिति

२०७९ चैत्र २९ गते, बुधबार ०३:२१

२९ चैत्र २०७९, काठमाडौँ: नेपाल टेलिकम(Nepal Telecom) ले नयाँ वर्ष २०८० को अवसरमा ग्राहकहरुका लागि ‘नयाँ वर्ष २०८०’ अफर उपलब्ध गराउने भएको छ । कम्पनीले Voice, Data Bonus, On Recharge Package उपलब्ध गराउने छ ।कम्पनीले रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराउने भएको छ ।

National Life

यसैगरी डाटा प्याकेज अन्तर्गत रु. ९८ मा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, रु. २९४ मा १० दिन चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध गराउने छ ।


त्यसैगरी एमपोस र फिजिकल रिचार्जबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराउने छ । यस अनुसार रु. २०० देखि रु. ४९९ सम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी रु. ५०० र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डाटा उपलब्ध हुनेछ ।

Classic Tech Desktop

नेपाल टेलिकमले उपलब्ध गराउने सो अफर भोलि (२०७९ चैत ३०) देखि आगामी २०८० बैशाख ६ गतेसम्म प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकले प्याकेज खरिद गर्दा लागु हुने कम्पनीले जनाएको छ ।

S.N Package name Resource Validity (days) Tariff NRs. (Incl. of Tax)
1 1Mbps data unlimited +100 Min NT-NT Voice 1Mbps data unlimited +100 Min NT-NT Voice 1 49
2 6GB data 6GB 3 98
3 13GB Data 13GB 7 199
4 20GB Data 20GB 10 294
5 30GB Data 30GB 15 399
S.N Upon Recharge Of Rupees Bonus on Data Remarks
1 200-499 2GB (Per day 1 GB for 2days) Free Resource upon recharge shall be used first
2 500 and Above 8GB( Per day 2GB for 4 days)

प्रतिकृया