• २१ भदौ २०८३, आइतबार
  • ५ः३६ बेलुका

भारतीय सेनामा आपसमा गोली हानाहान हुँदा चार जनाको मृत्यु

प्रकाशित मिति

२०७९ चैत्र २९ गते, बुधबार ०३:२१

२९ चैत्र २०७९, काठमाडौँ: भारतमा सेनाहरुबीच आपसमा गोली हानाहान हुँदा चार जनाको मृत्यु भएको छ । पञ्जाव राज्यको बठिन्डास्थित सैनिक शिविरमा गोली हानाहान भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

National Life

सेनाको दक्षिण पश्चिम कमाण्डले जारी गरेको विज्ञप्तिअनुसार आज बिहान ४ः३५ बजे बठिन्डा सैनिक शिविरमा सेनाहरुबीच नै गोली हानाहान भएको थियो । घटनामा चार जनाको मृत्यु भएको जानकारी प्राप्त भएको तथा परिस्थितिलाई नियन्त्रणमा लिन तत्काल प्रतिकार्य टोली सक्रिय गरिएको थियो ।


घटनास्थल र वरपरको क्षेत्रलाई घेराबन्दी गरी घटनामा संलग्नको खोजी भइरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया