• २१ भदौ २०८३, आइतबार
  • १२ः०६ दिउँसो

विश्वकप लिग-२: पिएनजी सँग भिड्दै नेपाल

प्रकाशित मिति

२०७९ फाल्गुन २५ गते, बिहीबार ०८:५६

२५ फागुन २०७९, काठमाडौँ: आईसीसी विश्वकप लिग- २ को अन्तिम तथा निर्णायक श्रृंखलामा नेपाल बिहीबार पपुवा न्युगिनी (पिएनजी) सँग प्रतिस्पर्धा गर्दैछ। नेपालको पिएनजीसँग बलियो इतिहास भएपनि घरेलु मैदानमा पिएनजीले खेलेका दुबै खेलमा नेपाल पराजित भएको छ। तर विश्वकप लिग- २ मा भने नेपाल पिएनजीसँग हारेको छैन।

National Life

विश्वकप लिग- २ को शीर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका चार खेलमा शतप्रतिशत नतिजा निकाल्नुपर्ने हुन्छ। नेपाल र पिएनजीबीचको खेल टियु मैदान कीर्तिपुरमा बिहान ९:३० बाट सुरु हुनेछ।


नेपालले विश्वकप लिग- २ मा चार खेलमा पिएनजीलाई पराजित गरिसके पनि गतवर्ष भएको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा दुवै खेलमा नेपाल पराजित भएका थियो। पिएनजीका लागि भने जारी सिरिजमा जित या हारले कुनै अर्थ राख्ने छैन। पिएनजी लिगको पुछारमा रहेको छ। तर युएई र नेपालका लागि भने अन्तिम सिरिज महत्वपूर्ण रहेको छ। नेपाल र युएईको खेलले अमेरिका र नामिबियाको समेत भविष्य निर्धारण गर्ने भएकाले ती दुई देशका लागि पनि यो सिरिज महत्वपूर्ण रहेको छ।

Classic Tech Desktop

नेपाल र पीएनजीबिच पटक-पटक खेलिसेकेका छन्। नेपालले पीएनजीको टोलीसँग तेस्रो पटक टियु मैदानमा एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ।


पीएनजीले नेपालसँग जम्मा दुई खेलमा जित निकालेको छ र ति दुबै जित कीर्तिपुरमा निकालेको हो। पीएनजीसँग समग्रमा ८ एकदिवसीय अन्तराष्ट्रिय खेलेकोमा ६ खेल नेपालले जित्दा २ खेलमा भने पीएनजी विजयी भएको छ। पछिल्लो पाँच भेटमा नेपाल तीन तथा पीएनजी दुई खेलमा विजयी भएको छ।


नेपाल सात देश सम्मिलित विश्वकप लिग टूमा ३२ खेलमा ३२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ। पपुवा न्युगिनि ३२ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ।

प्रतिकृया