• २१ भदौ २०८३, आइतबार
  • २ः१५ दिउँसो

चर्चित भारतीय अभिनेता सतीश काैशिकको निधन

प्रकाशित मिति

२०७९ फाल्गुन २५ गते, बिहीबार ०९:०३

२५ फागुन २०७९, काठमाडौँ: चर्चित भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन भएको छ। बिहीबार बिहान ६६ वर्षको उमेरमा उनकाे निधन भएकाे हाे। अभिनेता अनुपम खेरले ट्वीट गर्दै उनको निधनको जानकारी दिएका हुन्। अनुपम खेरले ट्वीट गर्दै लेखेका छन्, ‘मलाई थाहा छ ‘मृत्यु यो संसारको अन्तिम सत्य हो।’ मेरो मिल्ने साथी सतीश कौशिकको बारेमा यो लेख्छु भनेर सपनामा पनि सोचेको थिइनँ। ४५ वर्षको मित्रतामा यस्तो अचानक पूर्णविराम! ओम शान्ति!’

National Life

सतीश कौशिकको जन्म १३ अप्रिल १९५६ मा हरियाणाको महेन्द्रगढमा भएको थियो। उनले १९८३ मा आएको फिल्म ‘मासूम’ बाट आफ्नो अभिनय करियर सुरु गरेका थिए।


उनले हालसम्म करिब एक सय चलचित्रमा काम गरिसकेका छन्। उनले १९९० मा ‘राम लखन’ र १९९७ मा ‘साजन चले ससुराल’का लागि फिल्मफेयर अवार्ड (सर्वश्रेष्ठ हास्य कलाकार) जितेका थिए। थिएटर अभिनेताको रूपमा उनको सबैभन्दा प्रसिद्ध भूमिका हिन्दी नाटक ‘सेल्सम्यान रामलाल’ मा थियो। निर्देशकको रूपमा उनको पहिलो फिल्म रूप की रानी चोरों का राजा (१९९३) थियो, जसमा श्रीदेवी मुख्य भूमिकामा थिइन्।

Classic Tech Desktop

प्रतिकृया