• १२ असोज २०८३, सोमबार
  • १ः४५ दिउँसो

एसियन हाइड्रोको आइपीओ आज बाँडफाँट हुँदै

प्रकाशित मिति

२०७९ फाल्गुन १४ गते, आईतवार १०:५५

१४ फागुन २०७९, काठमाडौँ: एसियन हाइड्रोपावर कम्पनीको आइपीओ आइतबार बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्केटका अनुसार आज फागुन १४ गते बिहान ९ बजे आफ्नै कार्यालय नागपोखरी नक्साल, काठमाडौँमा आइपीओ बाँडफाँट गरिनेछ ।

National Life

एसियनको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ। यसमा मागभन्दा २३.८४ गुणा बढी आवेदन परेको छ। यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १४ लाख ९२ हजार ७७८ जनाले कुल १ करोड ६६ लाख २६ हजार ५२० कित्ताको लागि आवेदन दिएका छन्। जसमा ६९ हजार ७२० जनाले मात्र सेयर हात पार्नेछन् ।


बाँकी १४ लाख २३ हजार ५८ जनाको भने हात खाली हुनेछ। हाइड्रोपावरले माघ २७ गतेदेखि फागुन ३ गते सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया