• २ असोज २०८३, शुक्रबार
  • २ः४३ दिउँसो

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०७९ फाल्गुन ८ गते, सोमबार ०४:४६

८ फागुन, २०७९, काठमाडौँ:  “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथगर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवाप्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय र टोल सुधार समितिलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् ।

National Life

बैंकको बसुन्धरा शाखाद्वारा तारकेश्वर नगरपालिका वडा नं ९ मा अवस्थित मनमैजु महिला विद्यालयलाई टेबुल तथा कुर्सी हस्तान्तरण कार्यक्रम सञ्चाल नगरिएको छ । कक्षा एक देखि छ सम्मका विद्यार्थीहरुलाई अध्यापन गराईरहेको विद्यालयले कक्षाथप गर्न लागेको र विद्यार्थीहरुको संख्या पनि बढ्दै गएकाले विद्यालयको भौतिक व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले बैैंकले उक्त सहयोग गरेको हो ।


त्यसैगरि बैंकको बिजयपुर शाखाद्वारा पोखरा उपमहानगरपालिका वडा नं २६ माअवस्थित कडेनीप्रगतीटोल विकास संस्थालाई डस्टविन तथा कुर्सी हस्तान्तरण कार्यक्रम सञ्चाल नगरिएको छ । बैंकले टोल वरपरको फोहोर संकलन तथा व्यवस्थापनको लागि डस्टविन र संस्थाको कार्यालय प्रयोजनार्थका लागि कुर्सी प्रदान गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैैकले जनाएको छ ।

प्रतिकृया