• २ असोज २०८३, शुक्रबार
  • २ः४४ दिउँसो

‘नेपाल सिनेमा फेस्ट–२०२३’ दुबईमा सम्पन्न

प्रकाशित मिति

२०७९ फाल्गुन ८ गते, सोमबार ०४:३७

८ फागुन २०७९, काठमाडौँ: ‘नेपाली सिनेमा र पर्यटनलाई विश्वमाझ लैजाने’ मुख्य नारासहित चलचित्र विकास बोर्डले संयुक्त अरब इमिरेट्सको आर्थिक सहर दुबईमा आयोजना गरेको चारदिने ‘नेपाल सिनेमा फेस्ट–२०२३’ सम्पन्न भएको छ।अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रको बजार विस्तारको पहलको लागि सुरु गरिएको यो कार्यक्रमबाट नेपाली राष्ट्रिय चलचित्र उद्योगलाई औपचारिक रुपमा अन्तर्राष्ट्रिय बजारको लागि ढोका खुल्ला गरेको छ।

National Life

गत आइतबार राति सुरु भएको फेस्टमा नेपाली चलचित्रका निर्देशक, निर्माता, वितरक, कलाकार, सञ्चारकर्मी तथा गैरआवासीय नेपालीहरुको सहभागिता रहेको थियो। बोर्ड अध्यक्ष भुवन केसीसहित हल सञ्चालक नकिम उद्दिन, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, निर्देशक तथा सञ्चारकर्मी भूषण दाहाल, निर्देशक रामबाबु गुरुङ, निर्माता रामकृष्ण पोखरेल, वितरक तथा निर्माता गोविन्द शाही, नायिका ऋचा शर्मा, नायक अनमोल केसी, नायिका उपासना सिंह ठकुरीलगायत दुबईस्थित व्यावसायीहरु र गैरआवासीय संघका प्रतिनिधिहरु उपस्थित थिए।


नेपाल प्राकृतिक रुपमै छायांकन स्टुडियो भएकाले फिल्म छायांकनको लागि नेपाल आउन त्यहाँका फिल्ममेकरलाई आग्रह गरिएको छ भने नेपाली चलचित्र संयुक्त अरब इमिरेट्समा छायांकन हुँदा संयुक्त अरब इमिरेट्स सरकारबाट इन्सेन्टिभ (प्रोत्साहन) प्रदान गर्न पनि अनुरोध गरिएको थियो। फेस्टमा बोर्डले तयार पारेको गण्डकी प्रदेशको पर्यटन क्षेत्र र छायाङ्कन गन्तव्यसम्बन्धी श्रव्यदृश्य प्रचार सामग्री प्रदर्शन गरिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

फेस्टको दौरान नेपाली फिल्म मध्यपूर्वका ६ वटा देशका ५० भन्दा बढी हलमा एकसाथ प्रदर्शनमा आउने सहमति गरिएको छ। नेपाली फिल्मका मध्यपूर्वका वितरक रमेश ढकाल र बोर्डले यस विषयमा लिखित सहमति गरेका छन्। सम्झौताको समयमा संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत कृष्णप्रसाद ढकाल, गैरआवासीय नेपाली संघ, अध्यक्ष कुल आचार्य पनि उपस्थित थिए। फेस्टको क्रममा नेपालमा व्यावसायिक रुपमा सर्वाधिक कमाइ गरेको फिल्म ‘कबड्डी ४’ र यस वर्ष नेपालबाट अस्कर अवार्डमा पठाइएको फिल्म ’ऐना झ्यालको पुतली’ प्रदर्शन गरिएको थियो।

प्रतिकृया