• २ असोज २०८३, शुक्रबार
  • ४ः४५ बिहान

नेपाल सरकार, शिक्षा, विज्ञान तथा सातौं युवा वैज्ञानिक शिखर सम्मेलन कमलादी काठमाडौँमा सुरु

प्रकाशित मिति

२०७९ फाल्गुन ८ गते, सोमबार ०४:५४

८ फागुन २०७९, काठमाडौँ: नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब एसएस-कलेजको संयुक्त आयोजनामा भइरहेको दुइ दिने सातौं युवा वैज्ञानिक शिखर सम्मेलन २०२३ हिजोबाट युनिग्लोब प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय आविष्कार केन्द्र, नेपाल युवा परिषद्, युनेस्को नेपाल, अनुसन्धान तथा विकास सोसाईटी नेपाल र नेपाल विज्ञान शिक्षक समाजसँगको सहकार्यमा आयोजना गरिएको यस सम्मेलनमा प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट कक्षा ८ देखि १२ सम्मका युवा वैज्ञानिकहरुले सम्मेलनको पहिलोदिनमा उत्साहपूर्वक उपस्थिति जनाएका थिए ।

National Life

सम्मेलनमा ३१ विद्यालयका ५६ वटा अनुसन्धान प्रोजेक्टहरु बिच प्रतिस्पर्धात्मक प्रतियोगिता हुदैँछ । सम्मेलनमा युवा वैज्ञानिकहरुले इन्जिनियरिङ तथा रोबोटिक्स, जीव विज्ञान, रसायन तथा पर्यावरण विज्ञान, भौतिक विज्ञान र गणित र कम्प्युटर विज्ञानमध्यको (आर्टिफिसियल इन्टेलीजेन्स समेत) कुनै एक विधामा आफ्नो प्रस्तुती दिएका थिए । हरेक विधामा युवा अनुसन्धाताले आफ्नो अनुसन्धानलाई संक्षिप्त लिखित सारांश, छोटो भिडियो, पोस्टर तथा मौखिक प्रवचनको रूपमा प्रस्तुत गरेका थिए ।


युवा वैज्ञानिकको अनुसन्धान कार्यको नवीनता पुरस्कार तथा पदक लागि छनोटको मुख्य मापदण्ड हुनेछ । यसबाहेक संक्षिप्त लिखित सारांश, छोटो भिडियो, पोस्टर तथा मौखिक प्रवचनको रूपमा अनुसन्धाताले गरेको प्रस्तुतीका आधारमा पनि मूल्यांकन गरिनेछ । यस सम्मेलनका बिजेताहरुलाई पाँच विभिन्न विधामा प्रमाणपत्र र पदकसहित सम्मान गरिनेछ । शीर्ष विजेताहरू सन् २०२३ सेप्टेम्बर २७ देखि अक्टोबर १ सम्म मेक्सिकोकोसोनोरामा आयोजना हुने १२औं एसिया प्यासिफिक युवा वैज्ञानिक सम्मेलनमा सहभागी हुनेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

युनिग्लोब एसएस-कलेजका अध्यक्ष डा.खगेन्द्र प्रसाद ओझाले अध्यक्षतामा हुने समापन समारोहमा विजेताहरुको घोषणा गरिनेछ । कार्यक्रमको समापन समारोहको शोभा बढाउनका निम्ति नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, डा. भगवान कोइराला र डा.नन्द बहादुर सिंहको समेत उपस्थिति रहनेछ ।

प्रतिकृया