• ४ साउन २०८३, सोमबार
  • ३:५७ बिहान

इन्गेजमेन्टपछि भयो बिहे रद्द, युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदाह

प्रकाशित मिति

२०७९ मंसिर २० गते, मंगलवार ०८:५९

२० मंसिर २०७९, काठमाडौँ : विवाह गर्ने सहमतिपछि गरेको इन्गेजमेन्ट रद्द भएपछि एक युवतीले केटाको घरमा पुगेर आत्मदाह गरेकी छन्। काठमाडौंको बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा आइतबार साँझ पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएकी हुन्। प्रहरीले उनलाई तत्काल उद्धार गरेर त्रिवि शिक्षण अस्पताल पठाएको थियो। त्यहाँ उपचार हुन नसकेपछि पुष्पालाई कीर्तिपुरस्थित वर्न अस्पतालमा लगिएको थियो। सोमबार बिहान पुष्पाको मृत्यु भएको हो।


केही समयदेखि प्रेम सम्बन्धमा रहेका पुष्पा र झापा घर भई धुम्बाराही बस्ने सुधन संग्रौलाबीच परिवारकै सहमतिमा इन्गेजमेन्ट भएको थियो। यही बीचमा उनीहरुको सम्बन्धमा दरार आएपछि गत शनिबार इन्गेजमेन्ट रद्द गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। परिवारकै सहमतिमा इन्गेजमेन्ट रद्द गरिए पनि आइतबार साँझ पुष्पाले सुदनको घरमा पुगेर आत्मदाह गरेकी हुन्।

Kamana Sewa

पुष्पाका परिवारले सुदनसहित उनको परिवारका ४ जनाविरुद्ध किटानी जाहेर दिएका थिए। आइतबार राति नै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। तर अदालतले सुदनविरुद्ध मात्रै सोमबार म्याद दिएको छ। सुदनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न महाराजगन्ज वृत्त प्रहरीले अनुमति पाएको छ। वृत्तबाट थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहराले बताए।

Classic Tech Desktop

प्रतिकृया