• ४ साउन २०८३, सोमबार
  • ३:४८ बिहान

सीके राउत भन्छन्ः सरकार गठनका लागि हाम्रो पार्टी जनमत पार्टी नै निर्णायक हुन्छ

प्रकाशित मिति

२०७९ मंसिर १८ गते, आईतवार ०४:४७

१८ मंसिर २०७९, काठमाडौँ: संविधान जारीपछि संसद्को दोस्रो कार्यकालका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ। प्रतिनिधिसभा सदस्यको यही मङ्सिर ४ गते भएको आवधिक निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १२ र समानुपातिकतर्फ सात राजनीतिक दलको सङ्घीय संसद्मा प्रतिनिधित्व हुने देखिएको छ।


नतिजा सार्वजनिक भएसँगै नयाँ सरकार गठनका लागि अङ्कको जोड घटाउ तथा सघन वार्ता र संवाद सुरु भइसकेको छ। यसै सन्दर्भमा विगतमा मधेसका मुद्दा उठाएर भूमिगत राजनीति गर्दै आएका चन्द्रकान्त (सीके) राउतको जनमत पार्टी पनि यसपटक राष्ट्रिय पार्टीको मान्यताका साथ सदनमा प्रवेश गर्दैछ।

Kamana Sewa

जनमत पार्टी लाउड स्पिकर चुनाव चिह्नमार्फत प्रत्यक्षतर्फ एक सिट तथा समानुपातिकतर्फ तीन लाख ९४ हजार पाँच सय १६ मत ल्याइ मधेसमा उदयमान वैकल्पिक राजनीतिक शक्तिका रुपमा देखिएको छ।

Classic Tech Desktop

मधेस आन्दोलनका अगुवाका रुपमा स्थापित जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई विस्थापित गर्दै जनमत पार्टीका अध्यक्ष राउत पहिलो पटक सदन प्रवेश गर्न लागेक हुन्। सप्तरी जिल्लाको महदेवा गाउँमा जन्मिएका राउत पेशाले इञ्जिनीयर हुन्।


अध्यक्ष राउतले आफूहरुले उठाएका स्वास्थ्य, शिक्षा, सुशासन र किसानका मुद्दालाई जनताले भरोसा राखेर निर्वाचनबाट अनुमोदन गरेको प्रतिक्रिया दिए। उनले भने, ‘हामीले उठाएका मुद्दालाई विश्वास गरेर जनताबाट अनुमोदन भएकोछ, संसद्मा बहुमत पुर्‍याउनका लागि पनि हाम्रो सिट नै निर्णायक हुन्छ।’

प्रतिकृया